-
२०७९ श्रावण १, आइतबार
महानगरले विदेशी पाहुना आमन्त्रण गरी इन्द्रजात्रा मनाउने
काठमाडौं - काठमाडौं महानगरपालिकामा २०७९ को इन्द्रजात्रा विदेशी पाहुना आमन्त्रण गरी मनाइने भएको छ । आइतबार बसेको काठमाडौं महानगरपालिकाको छैटौँ नगरसभा बैठकमा प्रमुख बालेन शाहले यस्तो प्रस्ताव गरेका हुन् । नगरसभा सदस्यले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ‘हाम्रा विदेशी भगिनी सम्बन्ध भएका सिस्टर सिटिजका प्रमुख, उपप्रमुख लगायतका पाहुनालाई आमन्त्रण गरी इन्द्रजात्रा मनाउने सन्दर्भमा प्रस्ताव पेस गर्छु...
-
२०७९ श्रावण १, आइतबार
तीन दिने भारत भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं - तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भने पनि नभेटी आइतबार स्वदेश फिर्ता भएका हुन् । आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणका...
-
२०७९ श्रावण १, आइतबार
गभर्नर विरुद्ध प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौँ - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरूले...
-
२०७९ श्रावण १, आइतबार
भारतबाट घटेर आयो पेट्रोलियम पद्धार्थको मूल्य, नेपालमा तत्काल मूल्य नघट्ने
काठमाडौं - इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य...
-
२०७९ श्रावण १, आइतबार
आज साउने सङ्क्रान्ति देशभर मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने...
-
२०७९ आषाढ ३२, शनिबार
नेपालमा थप २०५ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५२...
-
२०७९ आषाढ ३२, शनिबार
सुडानको जातीय दङ्गामा ३१ जनाको मृत्यु
एजेन्सी - सुडानमा भएको जातीय दङ्गामा शुक्रबार कम्तिमा ३१ जनाको ज्यान गएको छ । देशको ब्लु नाइल प्रदेशको केही स्थानमा जातीय दङ्गा भएको हो । ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका सुरक्षा समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको छ । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ...
-
२०७९ आषाढ ३२, शनिबार
अब वाम तालमेल गरौँ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उनको तर्क छ । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे । एमाले अध्यक्ष केपी...
-
२०७९ आषाढ ३२, शनिबार
महानगरले बनायाे फाेहाेर उठाउने तालिका, बार ताेकी कुहिने र नकुहिने फाेहाेर लिनआउने
काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण...
-
२०७९ आषाढ ३२, शनिबार
नेपालमा थप २२९ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ६४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६१...
-
२०७९ आषाढ ३२, शनिबार
प्रतिनिधिसभा उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौं - प्रतिनिधिसभाको शुक्रबारको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद...
-
२०७९ आषाढ ३१, शुक्रबार
चलचित्रको माध्यमबाट उठाए सीमानामा काँडेतार लगाउनु पर्ने आवाज
सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र "काँडेतार"का निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका खड्का को नयाँ चलचित्र "काँडेतार" अहिले प्रदर्शनका लागि तयार भएको छ । यही चलचित्रको बजार...


