अपराध-दुर्घटना
-
२०७९ पौष ९, शनिबार
चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरियो
काठमाडाैं - सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शुक्रबार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो । सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय...
-
२०७९ पौष ७, बिहिबार
अध्यागमनको प्रक्रिया पूरा भएपछि मात्रै चार्ल्स शोभराजलाई रिहाइ गरिने
काठमाडौं - बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनको प्रक्रिया पूरा भएपछि मात्रै रिहाइ गरिने भएको छ। केन्द्रीय कारागारका जेलर ईश्वरी प्रसाद पाण्डेले अध्यागमनको प्रक्रिया बाँकी रहेकाले अहिल्यै रिहाइ नगरेको बताए। उनले प्रक्रिया पूरा भएसँगै रिहाइ गर्ने जानकारी दिए। सर्वोच्च अदालतले बुधबार चार्ल्स शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र...
-
२०७९ मङ्सिर २७, मंगलबार
काभ्रे बेथानचोक बस दुर्घटनामा १७ जनाको मृत्यु
काठमाडौं - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।...
-
२०७९ मङ्सिर २६, सोमबार
जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु
जाजरकाेटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा...
-
२०७९ मङ्सिर ३, शनिबार
१० हजार थान नक्कली मतपत्रसहित २ जना पक्राउ
काठमाडौं - १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेको प्रहरीले जनाएको छ । उनीहरुले गएराति बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारमा राखेर १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप र ४८ थान स्ट्याम्प प्याड...
-
२०७९ कार्तिक २३, बुधबार
सुन्धारास्थित होटलमा पंखामा झुन्डिएको अवस्थामा पत्रकार फेला
काठमाडौं - पत्रकार सरोजराज अधिकारी सुन्धारास्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । कात्तिक २१ गतेदेखि घरबाट निस्केका उनी २ दिनसम्म घर नर्फकिएपछि पत्नीले प्रहरीमा निवदेन दिएपछि खोजी गर्दा बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए । एसएसपी बोहोराका अनुसार अधिकारीकी पत्नीको निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्दा...
-
२०७९ कार्तिक २३, बुधबार
डाेटी भूकम्पमा ६ जनाकाे मृत्यु, ५ जना घाइते
काठमाडौं - डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३...
-
२०७९ कार्तिक २०, आइतबार
सन्दीप लामिछानेलाई केन्द्रीय कारागार-सुन्धारा पठाइने
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । शुक्रबार जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आदेशमा सन्दीपलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानून व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश...
-
२०७९ कार्तिक १६, बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको...
-
२०७९ कार्तिक १५, मंगलबार
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
काठमाडौं - पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र...
-
२०७९ कार्तिक १३, आइतबार
मनकामना जाँदै गरेकाे बस दुर्घटना, पाँचकाे मृत्यु
काठमाडौं - पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी...
-
२०७९ कार्तिक ६, आइतबार
नक्कली नोटसहित पक्राउ, ललितपुरमा चोरी
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बँेसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६...


