STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण १८, आइतबार

    नेपालभाषा क्षेत्रका व्यक्तित्व प्रेमशान्ति तुलाधरका जहान रहेनन्

    काठमाडाैं – नेपालभाषा क्षेत्रका प्रख्यात व्यक्तित्व प्रा. प्रेमशान्ति तुलाधरका जहान अकलमान तुलाधरको आइतबार बिहान निधन भएको छ । ७६ वर्षीय तुलाधरको केही समयअघिदेखि ब्रेन हेमरजको उपचार भइरहेको जनाइएको छ । दिवंगत तुलाधरको आइतबारै काठमाडौंको कर्णदीपमा अन्तिम संस्कार हुने जनाइएको छ । तुलाधरको जहानसँगै दुईजना छोरा र एकजना छोरी रहेका छन् ।

  • २०७७ श्रावण १८, आइतबार

    संक्रमणको जोखिम यथावतै रहेकाले बाघभैरव जात्रा स्थगित

    काठमाडौं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कोभिड–१९ को कारण कीर्तिपुरमा बाघभैरव जात्रा स्थगित भएको छ । कीर्तिपुरमा वर्षेनी मनाउँदै आइरहेको सो ऐतिहासिक जात्रा आयोजना गर्दै आइरहेको बाघभैरव जात्रा गुठीले साउन १८ गते एक विज्ञप्ति जारी गरी जात्रा स्थगित भएको सुचना निकालेको छ । यस वर्ष भदौ १ गते सिंह संक्रान्ति सोमबारको दिन जात्रा परेको सम्बन्धमा बाघभैरव जात्रा गुठी तदर्थ समितिले साउन १७ गते...

  • २०७७ श्रावण १७, शनिबार

    पशुपति क्षेत्र विकास कोष खारेज गर्न जनप्रतिनिधिकाे माग

    काठमाडौं –  स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । पशुपति क्षेत्र विकास कोषले  पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने जनप्रतिनिधिले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख दिनेभन्दा केही काम नगरेको...

  • २०७७ श्रावण १७, शनिबार

    नेपालभाषा का तीन कृतिको विमोचन

    नेपालभाषा एकेदमिको आयोजनामा आज शनिबार नेवाः युट्युबको फेसबुक पेजको प्रत्यक्ष प्रशारणको माध्यमबाट तीन वटा विभिन्न पुस्तकहरू को विमोचन गरियो । आयाेजक संस्था नेपालभाषा एकेडेमीका संरक्षक समेत रहनु भएका वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद् डा सत्यमोहन जोशी को प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि डा जोशीको निवास स्थानमा रहेको लोक साहित्य भवनमा सम्पन्न विमोचन कार्यक्रममा...

  • २०७७ श्रावण १६, शुक्रबार

    पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ – पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका अनुसार उच्च रक्तचापको समस्या रहेको ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् ।  वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । आईसीयूमा राखेर उपचार...

  • २०७७ श्रावण १५, बिहिबार

    अब कामपा सेवा एकै स्थानबाट

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो । आगामी दिनमा नेपाल...

  • २०७७ श्रावण १५, बिहिबार

    राजधानीको शान्तिसुरक्षा केन्द्रकै मातहतमा रहने

    काठमाडौँ • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले गर्ने गरी सहमति जुटेको हो ।...

  • २०७७ श्रावण १५, बिहिबार

    कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द

    काठमाडौँ  – कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो । कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले...

  • २०७७ श्रावण १५, बिहिबार

    कीर्तिपुर नगरपालिकामा खाद्य सडक

    विजयरत्न असंबरे • किर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणाको घोषणा गरेको थियो भने अहिले सोही अनुसार खाद्य सडक बनाउने काम कार्यान्वयनको शुभारम्भ गरेको छ । नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत किर्तिपुर नगरपालिकाले आज साउन १५ गते किर्तिपुर नगरपालिका वडा...

  • २०७७ श्रावण १५, बिहिबार

    गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिको अनुरोध

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महानगरपालिकाको आज बसेको बोर्ड बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने निर्णय गरेको महानगरपालिका पर्यटन तथा सम्पदा समितिका संयोजक एवं १८ वडाध्यक्ष न्हुच्छेकाजि महर्जनले जानकारी दिएका छन् । यसअघि ज्यापु महागुथि काठमाडौं महानगर समितिले भने गाईजात्रा निकाल्नै पर्नेहरु...

  • २०७७ श्रावण १५, बिहिबार

    रातको समयमा काठमाडौं प्रवेशमा रोक

    काठमाडौं – गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ। ठूलाे संख्यामा यात्रुहरुमा काेभिड–१९ पाेजेटिभ पाइएकाेले नाकाहरुकाे आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचकाे आवश्यक व्यवस्था हुन अर्काे आदेश नभएसङ्गम अत्यावश्यक र ढुवानीबाहेक अन्य आवागमन पूर्ण रुपमा बन्द गरिएकाे गृहले एक...

  • २०७७ श्रावण १५, बिहिबार

    ‘गाइजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’ : काठमाडौँ महानगरपालिकाको अपिल

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश...

Pages