राष्ट्रिय
-
२०७८ चैत्र १८, शुक्रबार
आज घोडेजात्रा, टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह
काठमाडौँ - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र...
-
२०७८ चैत्र १६, बुधबार
नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी
नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी हुन भएको छ। धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनमा नव निर्वाचित बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्योलाले ६७ मत मात्र प्राप्त गर्नु भएको थियो । देश संघिय शासन प्रणाली मा गइसकेको हुनाले दबूको निर्वाचन पनि संघिय प्रणालीको आधारमा भएको थियो । जस अनुसार...
-
२०७८ चैत्र १६, बुधबार
न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गर्नुभएको थियो । उच्च अदालत विराटनगरको मुख्य...
-
२०७८ चैत्र १५, मंगलबार
जयनगर–कुर्था रेल शनिबारदेखि चल्ने
काठमाडौं - नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा...
-
२०७८ चैत्र १५, मंगलबार
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले...
-
२०७८ चैत्र १४, सोमबार
एनआरएनएमा तीन अध्यक्ष सर्वसम्मत, पालैपालाे ६/६ महिना कार्यकाल चलाउने
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षतामा सर्वसम्मतले तीन जनाको नाम चयन गरिएको छ । आइतबार एनआरएनएको १० औँ विश्वसम्मेलन तथा महाधिवेशनबाट अध्यक्षमा कुल आचार्य, रविना थापा र डा. बद्री केसी चयन भएका छन् । करिब ६ महिनादेखि सल्टाउन नसकिएको एनआरएनएको विवाद अन्ततः तीन जना अध्यक्षले कार्यकाल पालैपालाे ६/६ महिना चलाउने गरी सहमति भएपछि बल्ल सल्टिएकाे छ । १८ महिने कार्यकालको पहिलो बैठक भने...
-
२०७८ चैत्र १३, आइतबार
स्थानीय तहको चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता
काठमाडौं - आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको छ । बैठकले आगामी स्थानीय तहको चुनावका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली टुंगो लगाएको हो। मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ । आयोगले टुंगो...
-
२०७८ चैत्र ११, शुक्रबार
आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताउनुभएकोे छ । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उहाँले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस...
-
२०७८ चैत्र ९, बुधबार
सुखीहरूको गाउँ ‘घलेगाउँ’
‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन...
-
२०७८ चैत्र ९, बुधबार
हराए कुवा चर्चामा मात्रै सीमित
कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पु¥याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे । विशेष गरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्दथ्यो । विगत सम्झदै शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मानबहादुर चौधरीले भन्नुभयो, “कुवा एका देशको कथा जस्तै भएको छ, गाउँमा रहेका कुवा हेण्डपम्प गाडने कार्य हुन थालेपछि हराउँदै गए,...
-
२०७८ चैत्र ८, मंगलबार
लेटाङ घटनाबारे सर्वदलीय बैठक
काठमाडौं - मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको हिसांत्मक घटनापछि बसेको सर्वदलीय बैठकले चारबुँदे निर्णय गरेको छ । नगरपालिका परिसरमा मङ्गलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ । बैठकपछि नगरपालिकाका मेयर शङ्कर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध...
-
२०७८ चैत्र ८, मंगलबार
थप ४४ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ...


