STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ बैशाख २८, बुधबार

    भोट हाल्न गाउँ फर्किनेकाे लर्काे

    काठमाडौं - स्थानीय तहको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । गएरातिदेखि मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारको कार्य सकिएको छ । दलहरुको गतिबिधि बन्द हुँदा आयोग भने जुर्मुराएको छ । तोकिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतहरुसँगै आवश्यक मतपत्र पुर्‌याइसकिएको छ । सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागि हुन मतदाता आतुर देखिन्छन् । विभिन्न कामले उपत्यकामा रहेका नागरिक...

  • २०७९ बैशाख २८, बुधबार

    मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइन्न ?

    काठमाडौं - स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू भएको छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री...

  • २०७९ बैशाख २६, सोमबार

    गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    निर्वाचन आयोगले सरकारी अखबार गोरखापत्रलाई स्पष्टीकरण सोधेको छ । गोरखापत्र दैनिकका सम्पादकलाई २२ वैशाखमा प्रकाशित 'गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह' शीर्षक समाचारलाई लक्षित गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । त्यस्तै, २५ वैशाखमा पनि प्रकाशित 'बागी उम्मेदवारको प्रभाव नगन्य छ' शीर्षकअन्तर्गत भरतपुर महनगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयमा पनि आयोगले गम्भीर...

  • २०७९ बैशाख २६, सोमबार

    चुनावको दिन वर्षा हुने, त्रिपालको व्यवस्था गर्न आयोगकाे निर्देशन

    ३० वैशाख मतदानकाे दिन वर्षात्‌काे सम्भावना रहेकाले मतपत्रसहितको निर्वाचन सामग्री सुरक्षित राख्न निर्वाचन आयोगले सम्बन्धित पालिकाहरूलाई निर्देशन दिएको छ । ‘मौसमका सम्बन्धमा चिन्तित छौँ । आज मात्रै मौसम विभागमा हेरेर आयौँ, २९ गतेसम्म पानी पर्ने उच्च जोखिम छ । ३० गते पनि पानी पर्ने जोखिम छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तहलाई पाल त्रिपालको व्यवस्था गर्न भनेका छौँ ।’...

  • २०७९ बैशाख २६, सोमबार

    मतदानको दिन वैशाख ३० गते सार्वजनिक बिदा

    सरकारले स्थानीय चुनाव ३० वैशाखका सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने ३० वैशाख २०७९, शुक्रबारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‌बाट २५ वैशाख २०७९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका...

  • २०७९ बैशाख २६, सोमबार

    मौन अवधि सामाजिक सञ्जालमा पनि लागू हुने

    स्थानीय चुनावकाे मौन अवधिमा पालना गर्नुपर्ने नियम सामाजिक सञ्जालमा पनि लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा सामाजिक सञ्जालमा प्रचारप्रसारलगायतका काम नगर्न निर्वाचन आयोगले उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो । सञ्जालमा मौन अवधिमा समर्थकहरूले पोस्ट स्पन्सर गर्ने जोखिम भएकोले आयोगले विशेष ध्यानाकर्षण गराएको छ । उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटकलगायतका पेजमा पोस्ट...

  • २०७९ बैशाख २६, सोमबार

    मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने

    सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ  । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति  १२ बजे सम्मका लागि  बन्द...

  • २०७९ बैशाख २६, सोमबार

    भारतमा रहेका नेपाली मतदानका लागि फर्किए

    टीकापुर, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको...

  • २०७९ बैशाख २५, आइतबार

    ३ सय ९० जना निर्विरोध निर्वाचित : आयोग

    काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि ३ गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका हुन् । गत ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले उनीहरू निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेकाे हाे । आयोगका अनुसार एमालेका १३८,...

  • २०७९ बैशाख २५, आइतबार

    भोट हाल्न भारतबाट फर्किने बढ्दै

    आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथि पुगेकाे छ । गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज...

  • २०७९ बैशाख २४, शनिबार

    स्थानीय तह निर्वाचन : शीर्ष नेता अभियानमा

    काठमाडौं - सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ । यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् । गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना गर्‌यो । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर...

  • २०७९ बैशाख २४, शनिबार

    २६औँ पटक सगरमाथामा टेकेर कामीरिताले राखे नयाँ विश्वरेकर्ड

    काठमाडौँ - आफ्नै रेकर्ड तोड्दै ५२ वर्षे कामीरिता शेर्पा २६औं पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा चुचुरामा पुगेका छन् । आज (शनिबार) साँझ ६ः५५ बजे उनीसहित ११ जनाको टोलीले सगरमाथा शिखरमा पाइला टेकेको हो । उनले २५औं पटक सगरमाथा चुचुरामा पुगेको आफ्नै रेकर्ड पनि तोडेका छन् । काठमाडौँस्थित सेभेन समिट ट्रेकका अनुसार उनी यो ट्रेकको गाइड पनि हुन् । कामीरिताले १३, १९९४ मा सगरमाथा चुचुरोमा पहिलो पाइला...

Pages