राष्ट्रिय
-
२०७९ बैशाख ७, बुधबार
अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने
अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो । यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनुहुनेछ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म...
-
२०७९ बैशाख ५, सोमबार
आज विश्व सम्पदा दिवस
काठमाडौं - विश्व सम्पदा दिवस आज (सोमबार) परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । संसारभरका सम्पदाको संरक्षण, प्रवद्र्धन, र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउने उदेश्यले हरेक वर्ष अप्रिल १८ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सम्पदाको संक्षण र सम्वर्द्धनका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष यो दिवस मनाउने गरेको छ ।...
-
२०७९ बैशाख ४, आइतबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने
निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको...
-
२०७९ बैशाख १, बिहिबार
नयाँ वर्ष २०७९ सुरु
काठमाडौं- नयाँ वर्ष २०७९ को शुभारम्भ भएको छ । आज (बिहीबार) वैशाख १ गते अर्थात नयाँ वर्ष २०७९ को पहिलो दिन हो । नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ । आजको दिनलाई सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिनका रूपमा लिने गरिन्छ । आज वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग...
-
२०७८ चैत्र ३०, बुधबार
पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण ९मूलघाट,...
-
२०७८ चैत्र ३०, बुधबार
स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र...
-
२०७८ चैत्र २६, शनिबार
भाेलि सार्वजनिक बिदा
काठमाडौं- राम नवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ । रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।
-
२०७८ चैत्र २६, शनिबार
आज चैते दशैं
काठमाडौं - प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको...
-
२०७८ चैत्र २६, शनिबार
फेरि बढाइयो सार्वजनिक सवारी साधनकाे भाडा
काठमाडौँ - काठमाडौँ उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबारको उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका...
-
२०७८ चैत्र २५, शुक्रबार
लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह "राजा" तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की 'लक्की' ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच...
-
२०७८ चैत्र २३, बुधबार
दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न
काठमाडौं - दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस...
-
२०७८ चैत्र १८, शुक्रबार
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा : मन्त्री चौधरी
सिन्धुपाल्चोक - खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताउनुभएको छ । आज हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुग्नुभएका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । उहाँले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई...


