STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ जेठ १६, शुक्रबार

    वृद्ध भत्ताको उमेर ७० वर्ष ,दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै

    काठमाडौं - सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको...

  • २०८२ जेठ १५, बिहिबार

    बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत

    काठमाडौं - बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । संविधान प्रदत्त तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उनले संसदमा प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा...

  • २०८२ जेठ १५, बिहिबार

    प्रमाण नभएको उच्च अदालतको फैसलापछि आलम रिहा

    हत्या अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएर जन्मकैद सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन्।  उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएलगत्तै उनी ललितपुरको नख्खु कारागारबाट रिहा पनि भइसकेका छन्। उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। यसअघि...

  • २०८२ जेठ १२, सोमबार

    थारु समुदायका एक हजार आठ सयको रगत परीक्षण

    दोधारा चाँदनी (कञ्चनपुर) १२ जेठ : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेकोे छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत...

  • २०८२ जेठ ११, आइतबार

    लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    मुस्ताङ, उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै...

  • २०८२ जेठ ७, बुधबार

    मुक्कुमलुङ संरक्षण आन्दोलन फेरि चर्किने, विरोध कार्यक्रम घोषणा

    काठमाडौँ - उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबर्जस्ती विकास योजनाविरुद्ध मुक्कुमलुङ क्षेत्रमा चल्दै आएको संरक्षण आन्दोलन फेरि चर्किने भएको छ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका पछिल्ला चरण र आगामी...

  • २०८२ जेठ ७, बुधबार

    नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

    नेपाल प्रहरीको एआईजीमा डीआईजी सिद्धिविक्रम शाह सिफारिस भएका छन्। मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो।  आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको ग्रहमन्त्रालय स्रोतले जानकारी दिएको छ।  शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन्।

  • २०८२ जेठ ५, सोमबार

    काठमाडौँको नयाँपाटीमा ३७ वर्षका युवकको हत्या, ५ जना पक्राउ

    काठमाडौं - काठमाडौंको नयाँपाटीमा एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।  २०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो। बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले...

  • २०८२ जेठ ५, सोमबार

    साउनदेखि ६८ वर्षमाथिकालाई वृद्ध भत्ता दिइने

    काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले आव २०८२/८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी...

  • २०८२ बैशाख २९, सोमबार

    नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्षमा

    ललितपुर महानगरपालिका– ९ स्थित सप्तपुर महाविहारमा जन्मिएका धर्मादित्य धर्माचार्य (जगतमान वैद्यं) ले ने.सं १०४५ अर्थात् १९८२ सालमा बुद्धजयन्तीकै दिन भारतको कलकत्ताबाट बुद्धधर्म नामक नेपाल भाषाको पत्रिका प्रकाशन गरेका थिए भने सोही अाधारमा नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्ष पुगेको छ। सो पत्रिका नेपाल भाषाका पहिलो पत्रिका रहेको छ। त्यतिबेला नेपालका प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर थिए।...

  • २०८२ बैशाख २९, सोमबार

    नेवारहरुको प्रविधि र शिल्प ज्ञानबारे अभिलेखीकरण

    नेवाः समुदायमा सयौं वर्षदेखि प्रचलित र कतिपय हराउँदै जान थालेको ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ। नेपालभाषा एकाडेमी पहलमा सो कार्यको शुरुआत गरिएको हो। विभिन्न क्षेत्रमा कार्यरत प्राज्ञ, विषयविज्ञमार्फत नेवाः समुदायमा प्रचलित कृषि , काष्ठकला र शहरी विकास सम्बन्धी ज्ञान,प्रविधि र सीपको अभिलेख गर्ने कार्यको यसरी शुरुआत गरिएको हो। यही कार्यअन्तर्गत शनिबार राजधानीस्थित...

  • २०८२ बैशाख २८, आइतबार

    तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

    रूपन्देही - पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।   लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।  विशेष समारोहमा लुम्बिनी विकास...

Pages