STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ बैशाख २६, शुक्रबार

    एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द

    मकवानपुर - एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ । सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन । चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण...

  • २०८१ चैत्र २९, शुक्रबार

    नेपालले दियो म्यानमारलाई २७ टन बराबरको राहत सामग्री

    काठमाडौं - नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ। भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो। यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए। राहत...

  • २०८१ चैत्र २९, शुक्रबार

    दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी हुँदैछ : नेपाल प्रहरी

    काठमाडौं - नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ । बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल...

  • २०८१ चैत्र २९, शुक्रबार

    नेपाल बारमा नयाँ नेतृत्व चयन

    काठमाडौं - नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।  अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । स्वतन्त्र...

  • २०८१ चैत्र २७, बुधबार

    फरार दुर्गा प्रसाईंको भिडियो सार्वजनिक, आफ्नो मिम बनाएकोमा गुनासो

    काठमाडौँ - तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँले पुनः एकपटक सामाजिक सञ्जालमार्फत आफ्नो कुराहरू व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमा प्रसाईँले एउटा भिडियो पोस्ट गर्दै आफ्ना कुराहरू राखेका हुन् । उनले मिडियामा आफ्नो मिम र हसीमजाकको पात्र बनाएको मा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई मिम बन्ने कुरा, जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईँ, मुर्गा प्रसाईँ भन्ने...

  • २०८१ चैत्र २७, बुधबार

    तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री

    काठमाडौं - गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’ घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य...

  • २०८१ चैत्र २७, बुधबार

    फोनिज​ संघीय​ स​मिति अन्तर्गत उप​त्य​का समन्वय​ प्र​देश​ तद​र्थ​ स​मिति गठन

    फोनिज​ संघीय​ स​मितिमा फोनिज​को न​याँ संर​च​ना अन्तर्गत बुधबार उप​त्य​का समन्वय​ प्र​देश​ त​द​र्थ​ स​मिति ग​ठ​न​ गरिएको छ​ । प्र​शान्त​ मालीको अध्यक्ष​तामा ग​ठ​न​ भ​एको समितिमा दुई उपाध्य​क्ष​मा राजु राजदेव ब​ज्राचार्य​ र र​मिता छुजु रहेका छन् भने म​हास​चिव​ प्र​बिण​ किराँती,दुइ स​चिव मा सबिका श्रेष्ठ​ र शंकर​ भुजेल​ मनोनयनमा परेका छन् । यस्तै गरी कोषाध्य​क्ष​मा विनोद​ श्रेष्ठ​ र स​द​स्य​ह​रुमा...

  • २०८१ चैत्र २६, मंगलबार

    आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि बोलायो वार्तामा

    काठमाडौं - काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन: आह्वान गरेका छ । मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।  मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि...

  • २०८१ चैत्र २६, मंगलबार

    सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

    काठमाडौं - तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।  भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै...

  • २०८१ चैत्र २४, आइतबार

    भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल गर्ने शिक्षक महासंघको घोषणा

    काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालकाे घोषणा गरेको हो।  शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ ।...

  • २०८१ चैत्र २४, आइतबार

    आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

    काठमाडौँ - अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् ।  सांसद डा.शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर...

  • २०८१ चैत्र २०, बुधबार

    लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

    लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक...

Pages