STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ चैत्र १७, मंगलबार

    नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो । यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति...

  • २०७७ चैत्र १५, आइतबार

    तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

    म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर...

  • २०७७ चैत्र १२, बिहिबार

    नौ बजेपछि रात्रिकालीन कार्यक्रममा रोक

    काठमाडाैं - कोरोना संक्रमण बढेसँगै सरकारले रात्रिकालीन कार्यक्रममा रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति नौ बजेपछि रात्रिकालीन कार्यक्रममा रोक लगाएको हो ।   ‘पर्यटक क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रिकालीनक कार्यक्रममा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने, राति नौ बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

  • २०७७ चैत्र ११, बुधबार

    नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको चौथो साधारण सभा सम्पन्न

    नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको चौथो साधारण सभा बुद्ध बार सम्पन्न भएको छ । आज भरतपुरको होटल ग्लोबलमा एक कार्यक्रम गर्दै दबुको साधारण सभा सम्पन्न भएको हो । साधारण सभा को उदघाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबूले सदैव पत्रकारिताको हितको लागि  काम गरिरहेको बताए । यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले नेपाली...

  • २०७७ चैत्र ९, सोमबार

    २०७८ सालमा थप ४ दिन सार्वजनिक विदा दिने निर्णय

    काठमाडाैं - सरकारले आउने वर्ष २०७८ सालमा थप चार दिन बिदा दिने निर्णय गरेकाे छ । आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो । यसअघि दिइँदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो । सरकारको...

  • २०७७ चैत्र ५, बिहिबार

    काभ्रेमा ४.१ रेक्टर स्केलको भूकम्पको धक्का

    काठमाडौँ - काभ्रेमा भूकम्प गएको छ  । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

  • २०७७ चैत्र ४, बुधबार

    पत्रकार महासङ्घको चुनाव चैत २५ गते

    काठमाडौँ - नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारणसभा गएको फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको चुनाव कार्यतालिका...

  • २०७७ चैत्र ४, बुधबार

    ओखलढुंगाको जंगलमा आगलागी, नियन्त्रणको प्रयास जारी

    ओखलढुंगा - ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ स्थित जंगलमा आगलागी भइरहेको छ । बस्ती छेउमा रहेको जंगलमा गएरातीदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरीले मात्र नसकेपछि अहिले थप जनशक्ति पठाइँदैछ ।

  • २०७७ चैत्र ३, मंगलबार

    राष्ट्रपति भण्डारीले काेराेनाविरूद्धकाे खाेप लगाइन्

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर...

  • २०७७ चैत्र २, सोमबार

    मुस्लिम समुदायको थर सुचिकृत हुने

    काठमाडौँ - राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत...

  • २०७७ चैत्र २, सोमबार

    पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनिया टोली आउँदै

    दैलेख - दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम नतिजा विश्लेषण गर्नका लागि चिनिया विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ । चैत्र १९ गतेसम्ममा टोली दैलेख आउने गरी जानकारी प्राप्त भएको खानी तथा भू–गर्भ विभाग काठमाडौँले जानकारी दिएको छ । अन्तिम ‘ड्रिलिङ’ लागि सडक यातायात उपयुक्त छ की छैन अन्य पूर्वाधारको तयारी गर्न कतिको सहज वा असहज छ भन्दै टोली आउन लागेको खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    आज मनाइँदैछ सेना दिवस : टुँडिखेलमा विशेष समारोह

    काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च  टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उहाँ...

Pages