राष्ट्रिय
-
२०७७ फाल्गुण २७, बिहिबार
चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् - सभापति देउवा
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा...
-
२०७७ फाल्गुण २७, बिहिबार
आज महाशिवरात्रि पर्व
काठमाडौँ - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक...
-
२०७७ फाल्गुण २७, बिहिबार
शिवरात्री विशेष : ६४ ज्योतिर्लिङ्ग शिव शिव भोले (भजन)
ॐ कुशेश्वराय नमो ॐ कुशेश्वरायशिव शिव भोले कुशेश्वराय ।। १ ।। ॐ भीमेश्वराय नमो ॐ भीमेश्वराय शिव शिव भोले भीमेश्वराय ।। २ ।। ॐ काफीश्वराय नमो ॐ काफीश्वराय शिव शिव भोले काफीश्वराय ।। ३ ।। ॐ कश्यपेश्वराय नमो ॐ कश्यपेश्वराय शिव शिव भोले कश्यपेश्वराय ।। ४ ।। ॐ स्फटिकेश्वराय नमो ॐ स्फटिकेश्वरायशिव शिव भोले स्फटिकेश्वराय ।। ५ ।। ॐ चण्डेश्वराय नमो ॐ चण्डेश्वरायशिव शिव भोले चण्डेश्वराय ।। ६...
-
२०७७ फाल्गुण २४, सोमबार
‘सेक्युरिटी प्रेस मेसिन’ ल्याइने
काठमाडौं - सरकारले केही महत्वपूर्ण सुरक्षण मुद्रणका लागि ‘सेक्युरिटी प्रेस मेसिन’ ल्याउने भएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो । करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने सुरक्षण मुद्रण केन्द्रको योजना छ । केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल...
-
२०७७ फाल्गुण २४, सोमबार
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि...
-
२०७७ फाल्गुण २२, शनिबार
ललितपुरबाट हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण
काठमाडाैं – नेपालबाट चोरी भएर अमेरिका पुर्याइएको प्राचीन मूर्ति साडे तीन दशकपछि नेपालले फिर्ता पाएको छ । ३६ वर्षअघि ललितपुरबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक...
-
२०७७ फाल्गुण २२, शनिबार
मेलम्चीको पानी सुन्दरीजलमा
काठमाडौं – अन्ततः मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आएको छ । फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर १० फागुनमा सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसालिएको हो । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मेसिनको बटन थिचे । खसालिएको पानी बागमती नदीमा हालिएको छ । पहिलो चरणमा आएको पानी फोहोरसहितको हुने हुनाले प्रशोधन केन्द्रमा नहालिएको हो ।
-
२०७७ फाल्गुण २१, शुक्रबार
नारायणगढ–मुग्लिन सडक एक हप्ता साढे ४ घण्टा बन्द हुने
पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । २३ देखि २९ फागुनसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका...
-
२०७७ फाल्गुण २१, शुक्रबार
बस्तीमै पुगेर आगलागी पीडितलाई मुख्यमन्त्रीले दिए राहत
ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । बिहीबार आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका हुन् । आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताएका हुन् । त्यस्तै...
-
२०७७ फाल्गुण १९, बुधबार
सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिइँदै
आजदेखि सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । सांसदहरुलाई खोप लगाउन सुरु गरिएको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खोप लगाएका छन् । संसद सचिवालयले सांसदहरुलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सांसदहरुलाई तीन दिनभित्र खोप लगाइसकिने छ । संसद बैठकमा सहभागी...
-
२०७७ फाल्गुण १६, आइतबार
दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा
राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ,...
-
२०७७ फाल्गुण १६, आइतबार
हेटौंडामा शंखधर साख्वाः उद्यान बनाइने
काठमाडौं – बागमती प्रदेश सरकारले हेटौंडामा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको नाममा उद्यान बनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा शंखधर साख्वाः उद्यान बनाउन प्रदेश सरकारमार्फत् १० लाख नगद सहयोग गर्ने बचन दिभएका छन् । शनिबार भएको एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेवार संस्कृति र परम्परा नेपालकै अमूल्य निधि रहेको पनि बताएका छन् । नेवाः गुठी खलः मकवानपुरको वार्षिक...


