राष्ट्रिय
-
२०७८ बैशाख १४, मंगलबार
तत्कालको लागि आन्तरिक उडान नरोकिने
काठमाण्डौ - सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले बताए । यसैबीच...
-
२०७८ बैशाख १३, सोमबार
बर्दियामा एक साता लकडाउन
बर्दियामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार लकडाउन गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार...
-
२०७८ बैशाख १२, आइतबार
विनाशकारी भूकम्पपछिका ६ वर्ष : कति सकिए पुनर्निर्माण
विस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको ६ वर्ष पुग्न एक दिन बाँकी छँदा प्रधानमन्त्री केपी ओलीले शनिबार यसको उद्घाटन गरे । रानीपोखरीको निर्माण सम्पन्न भइसकेको छ । रानीपोखरीको निर्माण सम्पन्न र धरहराको उद्घाटन गरिएको कामलाई सरकारले मुख्य उपलब्धिका रूपमा लिएको छ । भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण र नवनिर्माणमा जुट्ने अभियान सरकारले २०७२ सालबाटै अघि बढाएको थियो ।...
-
२०७८ बैशाख ९, बिहिबार
पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह
नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ । समाचारकक्षमा सामाजिक...
-
२०७८ बैशाख ६, सोमबार
संक्रमण बढेसँगै सरकारले लियाे यस्ता निर्णय
काठमाडाैं - कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । सरकारले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान,...
-
२०७७ चैत्र ३०, सोमबार
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय...
-
२०७७ चैत्र ३०, सोमबार
यो वर्ष ७७ वटै जिल्लामा डढेलो
काठमाडौँ - यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । यस वर्ष सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ । यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको प्राधिकरणका उपसचिव सुन्दर शर्माले जानकारी दिए । डढेलोबाट पाँच जनाको...
-
२०७७ चैत्र २५, बुधबार
म्यानमारमा शान्तिकाे लागि कालोपट्टी बाँधी मैनबत्ती बोकेर प्रदर्शन
शान्तिवादीहरूले आँखा/निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेर काठमाडौंको बौद्धमा प्रदर्शन गरेका छन् । म्यानमार (बर्मा)का नागरिकको जीवनरक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले बुधबार साँझ ६:३० देखि ७ बजेसम्म बौद्धनाथ अगाडि मैनबत्ती बोकेर प्रदर्शन गरेको हो । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति...
-
२०७७ चैत्र २२, आइतबार
देउवाद्वारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।...
-
२०७७ चैत्र २१, शनिबार
राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गर्नुभयो । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् । नेपालको इतिहासबारे लेखिएका अनुसन्धानात्मक कृतिहरुमा...
-
२०७७ चैत्र १८, बुधबार
महाेत्तरीबाट हराएका बालिका भारतमा फेला
महोत्तरीका नगरपालिका–८, धरमपुरका ७ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला परेका छन् । उनीहरुलाई अभिभावको जिम्मा लगाउन सितामाणीबाट जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ । उनीहरुको खोजी गर्ने क्रममा बिहान भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले बताइन् । भारतीय प्रहरीले सोधपुक्ष गर्दा उनिहरुले गायिका बन्न आएको अनौठो जवाफ दिएका छन् । घाँस काटन गएका बालिका...
-
२०७७ चैत्र १७, मंगलबार
थप १६७ मा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ । हाल ५३ सङ्क्रमित क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना...


