STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ फाल्गुण १५, शनिबार

    नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि हो ः मुख्यमन्त्री पौडेल

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि रहेको बताउनुभएको छ ।  नेवा गुठी खल मकवानपुरको वार्षिक साधारणसभालाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले नेवारी परम्पराको संरक्षण र संवद्र्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीको भूमिका महत्वपूर्ण रहेको जनाउनुभयो  । मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक...

  • २०७७ फाल्गुण १५, शनिबार

    नेपाल विकासशील मुलुकको सूचीमा सिफारिस

    नेपालललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा सूचीकरणको प्रक्रिया आरम्भ भएको छ । राष्ट्रसंघीय निकाय विकास तथा नीति समितिले सूचीकरणको लागि सिफारिस गरेको हो । पाँच वर्षभित्र नेपालले प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा प्रगति गरे नेपाल त्यस सूचीमा सन् २०२६ भित्र अटाउने छ । राष्ट्रसंघीय विकास नीति समिति (सीडीपी) ले हरेक तीन वर्षमा समीक्षात्मक विश्लेषण गर्दै सदस्य राष्ट्रहरुको...

  • २०७७ फाल्गुण १५, शनिबार

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    काठमाडौँ – पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    अब परीक्षा उतीर्ण भएकाे एक महिनामै लाइसेन्स पाइने

    काठमाडौँ । नयाँ चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)_का लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा...

  • २०७७ फाल्गुण ११, मंगलबार

    फैसलापछिको प्रतिक्रिया : निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा बढ्यो

    प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह, नेपाली कांग्रेस,  जनता  समाजवादी पार्टीलगायतले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावनालाई जोगाएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी...

  • २०७७ फाल्गुण ११, मंगलबार

    सर्वोच्च अदालतको ऐतिहासिक फैसला : अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।” सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्नुहुँदै पूर्वप्रधानमन्त्री समेत...

  • २०७७ फाल्गुण ११, मंगलबार

    प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज  प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी...

  • २०७७ फाल्गुण ११, मंगलबार

    परीक्षणकाे लागि मेलम्ची सुरुङमा पानी छाेडियाे

    काठमाडाैँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि सोमबार पानी छोडिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ । परिक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंबासिले मेलम्चीको पानी खान पाउनेछन् । सो अवसरमा खानेपानी मन्त्री थापाले सुरुङमा पानी पठाउने काम सफल भएपछि...

  • २०७७ फाल्गुण १०, सोमबार

    बनेपाका आमाबुबाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

    बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त...

  • २०७७ फाल्गुण १०, सोमबार

    आज मेलम्चीको सुरुङ पुनः परीक्षण गरिने

    काठमाडौँ – काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश...

  • २०७७ फाल्गुण ८, शनिबार

    राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै

    ताप्लेजुङ  - फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३ सय ५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३ सय ६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका...

  • २०७७ फाल्गुण ६, बिहिबार

    सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने

    काठमाडौँ – नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने भएको छ । दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए । यसपालि सगरमाथा, ल्होत्से,पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ हुने छ । बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर...

Pages