राष्ट्रिय
-
२०७७ आश्विन ५, सोमबार
डा. गोविन्द केसीले काठमाडौंबाटै सत्याग्रहलाई निरन्तरता दिने
काठमाडौँ – स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने भएका छन् । दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनले काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन्। सोमबार केसीले...
-
२०७७ आश्विन ५, सोमबार
उपत्यकामा एकैदिन ७६७ जना नयाँ संक्रमित थपिए
काठमाडाैँ – काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएसँगै उपत्यकामा आइतबार एकैदिन ७६७ जनामा संक्रमण देखिएको छ । यसैगरी आइतबारमात्र १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यसैगरी नेपालमा कोरोना भाइरस (...
-
२०७७ आश्विन ५, सोमबार
‘हिम चितुवा’ आङरिता शेर्पा रहेनन्
काठमाडौं – ‘हिम चितुवा’ आङरिता शेर्पाको सोमबार बिहान निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ ।
-
२०७७ आश्विन ५, सोमबार
आन्तरिक हवाइ उडान थालियाे
काठमाडौं – छ महिनादेखि बन्द रहेको नेपालकाे आन्तरिक उडान सुरु भएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर लागू गरिएको बन्दाबन्दीको र त्यसपछि जारी गरिएकाे निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प थियो। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि...
-
२०७७ आश्विन ३, शनिबार
उपत्यकाका ७११ सहित १२०४ जनामा संक्रमण
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७११ सहित १२ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए । विभिन्न प्रयोगशालामा...
-
२०७७ आश्विन ३, शनिबार
डा. केसीको स्वास्थ्य बिग्रँदै, अस्पताल लैजान चिकित्सकको सुझाव
काठमाडौं – जुम्लामा चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई तत्काल अस्पताल भर्ना गर्न चिकित्सकले सुझाएका छन् । डा. केसी अनसन बसेको छैटौं दिनपछि स्वास्थ्यस्थिति बिग्रिएको छ । केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तर गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा....
-
२०७७ आश्विन २, शुक्रबार
उपत्यकामा ८५९ सहित एकैदिन संक्रमितको संख्या दुई हजार नाघ्यो
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनासहित एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार शुक्रबार एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले...
-
२०७७ आश्विन २, शुक्रबार
असोज ५ देखि शतप्रतिशत क्षमतामै आन्तरिक उडान गर्ने निर्णय
काठमाडौं – असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेकोछ। मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्ने निर्णय गरेसँगै शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र...
-
२०७७ आश्विन १, बिहिबार
स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज सूचना जारी गरी...
-
२०७७ आश्विन १, बिहिबार
मन्त्री भट्ट आफै बजार अनुगमनमा, बढी मूल्य लिने व्यापारी फन्दामा
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य...
-
२०७७ आश्विन १, बिहिबार
बिहीबार अदालत नखुल्ने
काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको...
-
२०७७ आश्विन १, बिहिबार
सूर्तीजन्य पदार्थमा कर नबढेकोमा आपत्ति
काठमाडौँ– अर्बुद (क्यान्सर) रोग गराउन महत्वपूर्ण भूमिका खेल्ने सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल सरकारसँग पटकपटक अनुरोध गरे पनि नबढेको भन्दै अभियानकर्मीले आपत्ति जनाएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार जुम प्रविधिबाट आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफू मन्त्री भएका बेला कर बढाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयका कारण सम्भव नभएको...


