STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २०, मंगलबार

    प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना

    “नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा १ हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना।।।।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका...

  • २०७६ फाल्गुण २०, मंगलबार

    वसन्तपुरमा चीर ठड्याइयो फागु शुरु

    ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिनुभयो । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु...

  • २०७६ फाल्गुण २०, मंगलबार

    अतिक्रमितले नै खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

    गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसक्नुभएको थियो । उहाँले भन्नुभयो, “पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा प¥यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।” यहाँका जग्गा...

  • २०७६ फाल्गुण २०, मंगलबार

    थरुहटको फागुन २० र २१ गते आमहड्ताल

    काठमाडौं– पहिचानविरोधी प्रदेश नामाङ्करण र पहिचानसहित १०+१ प्रदेशलगायतका १४ बुँदे माग राखी थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुईदिने आमहड्तालको घोषणा गरेको छ । आमहड्तालको पूर्वसन्ध्यामा थरुहट तराई क्षेत्रमा मोर्चाले मसाल जुलुस पनि प्रदर्शन गरेको थियो । आफ्ना माग तथा आमहड्तालको कार्यक्रम सार्वजनिक गरी थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको हस्ताक्षरसहित एक विज्ञप्ति...

  • २०७६ फाल्गुण २०, मंगलबार

    बुद्धले बनाए ‘गौतम बुद्ध’

    नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी । बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्यता चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त हुनुहुन्थ्यो ।...

  • २०७६ फाल्गुण २०, मंगलबार

    उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने

    विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ । श्रीलङ्का सरकारले हात झिकेको...

  • २०७६ फाल्गुण २०, मंगलबार

    गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता

    गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिनुभयो । सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका...

  • २०७६ फाल्गुण २०, मंगलबार

    कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

    कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक...

  • २०७६ फाल्गुण २०, मंगलबार

    विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको आग्रह

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयमा आज नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस...

  • २०७६ फाल्गुण २०, मंगलबार

    फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक

    फोहर सङ्कलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन सङ्घले सोमबार आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका...

  • २०७६ फाल्गुण २०, मंगलबार

    निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी

    प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो । प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने...

  • २०७६ फाल्गुण २०, मंगलबार

    चैते धान रोप्ने तयारी गर्दै किसान

    यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले चैते धानबाट जीविकोपार्जन गर्दै आइरहेका छन् । वर्षातको समयमा काँढा, कन्द्रा, पथरैया, मोहना नदीमा आउने बाढी र डुबानले लगाएको धान बगाउने र डुबाउने हुँदा किसानले असोज–कात्तिकमा कमै मात्रामा धान भित्र्याउन पाउँछन् । डुबान क्षेत्रमा हिउँदे बालीका रूपमा...

Pages