relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    भरतपुरमा कोरोना रोकथाम समिति गठन

    भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो । महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    प्रधानमन्त्री साँझ अस्पतालबाट निवास फर्कने

    प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिनुभयो । ‘‘ प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    ललितपुरमा स्यानिटाइजर बनाउन सिकाइने

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो । नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    काठमाडौँका सडकको राज्यमन्त्री मानन्धरद्धारा अनुगमन

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आज काठमाडौँका विभिन्न स्थानका सडकको स्थलगत अनुगमन गर्नुभएको छ । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्दै कालोपत्रलाई तीव्रता दिएसँगै उहाँले स्थलगत अनुगमन गर्नुभएको हो । राज्यमन्त्री मानन्धनरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गर्नुभयो । त्यस्तै बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको अनुगमन गर्नुभयो । उहाँले बालाजुमा भविष्यमा...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नमूना जनगणना गरिने

    आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ । लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित : नेवाः पत्रकार राष्ट्रिय दबू

    काठमाडौं– ईमेल च्यानल टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यही चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण जनाएको छ । दबूका महासचिव सुनील महर्जनद्वारा बिहीबार (फागुन २९ गते) जारी एक विज्ञप्तिमा ईमेल च्यानलको नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित रहेको जनाइएको छ । च्यानलको यस निर्णयले नेपालभाषाका दर्शकलाई मात्र नभएर समावेशी...

  • २०७६ फाल्गुण २९, बिहिबार

    ‘कोभिड–१९’ भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । “शुरुमा पाँच मुलुकबाट...

  • २०७६ फाल्गुण २९, बिहिबार

    हरायो काठमाडौँ उपत्यकाका धारापोखरी

    काठमाडौँ उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित पुस्तक प्रकाशन गरेको छ । एक शताब्दी पहिलेसम्म उपत्यकामा ५७३...

  • २०७६ फाल्गुण २८, बुधबार

    लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा...

  • २०७६ फाल्गुण २८, बुधबार

    पूर्वमन्त्री शेर्माको निधन

    पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको आज अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत हुनुहुन्थ्यो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री हुनुभएको...

  • २०७६ फाल्गुण २८, बुधबार

    ईमेज च्यानलमा नेपालभाषाको समाचार बन्द हुने

    काठमाडौं– नेपालभाषामा समाचार दिने पहिलो टेलिभिजन च्यानल ईमेज च्यानलले अब नेपालभाषामा समाचार बन्द गर्ने भएको छ । दिनहुँ बेलुका प्रशारण भइरहेको नेपालभाषाको समाचार किन बन्द गरिन लागेको हो यस विषयमा कुनै पनि औपचारिक जानकारी प्राप्त भएको छैन । च्यानलको व्यवस्थापन पक्षबाट यही चैत १ गतेदेखि नेपालभाषाको समाचार बन्द गरिन लागेको थाहा हुन आएको छ ।

  • २०७६ फाल्गुण २८, बुधबार

    थारु समुदायमा जटिल बन्दै थालेसिमिया

    थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना रगत चढाउनुपर्ने हुनसक्छ । नेपालमा थालेसिमियाको खासै चर्चा र सोधखोज नहुँदा पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन सकेका छैनन् । गर्भमै लाग्ने थालेसिमिया समयमै पत्ता लगाउन सके उपचार गरेर दीर्घजीवन...

Pages