राष्ट्रिय
-
२०७६ फाल्गुण १८, आइतबार
यात्रीलाई ध्रुवकुण्डमा इस्लामधर्मावलम्बीको बिदाइ
इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् । इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुव पछि राजाले सो...
-
२०७६ फाल्गुण १८, आइतबार
तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै
डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन् । यातायातका साधन तुइनमा तारे पनि यस सडकखण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरु ओसारिँदै आइएको छ । सल्यानको सल्लीबजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा...
-
२०७६ फाल्गुण १८, आइतबार
पुस्तकमा गरिएको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन् । नेविसङ्घले उपत्यकाका...
-
२०७६ फाल्गुण १८, आइतबार
प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि मिर्गौला प्रत्यारोपण गरिने
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी...
-
२०७६ फाल्गुण १८, आइतबार
कोरोना कहर देशकै ठूलो सवस्टेशन निर्माण प्रभावित
नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सवस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ । ‘ग्यास इन्सुलेटेड सवस्टेशन जिआईएस’का उपकरणको सञ्चालन...
-
२०७६ फाल्गुण १८, आइतबार
यस वर्षको प्रिमनसुन शुरु
यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–...
-
२०७६ फाल्गुण १८, आइतबार
महिलामाथि लठ्ठी हिर्काउने इन्स्पेक्टर जिम्मेवारीमुक्त
काठमाडौं– भीड नियन्त्रणको क्रममा बच्चा बोकेकी महिलालाई लठ्ठीले हिर्काउने प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेल जिम्मेवारीमुक्त भएका छन् । बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई पौडेलले लठ्ठीले हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसै भिडियोलाई आधार बनाएर पौडेललाई जिम्मेवारीमुक्त गरिएको थियो । महानगरी प्रहरी प्रभाग भैंसेपाटीको नेतृत्वले पौडेललाई निकालेपछि नयाँ इन्स्पेक्टर पठाएको...
-
२०७६ फाल्गुण १८, आइतबार
देश र जनताको हितलाई प्रेरित गर्ने समाचार लेख्नुपर्छ उपप्रम
उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जा स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उहाँले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक...
-
२०७६ फाल्गुण १८, आइतबार
कतारमा कोभिड–१९ः सतर्कता अपनाउन आग्रह
दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो । कतारमा करीब चार लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन् । दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात...
-
२०७६ फाल्गुण १८, आइतबार
अब नेपाल टेलिकमको इन्टरनेट प्रतिएमबी ५ पैसामै
काठमाडौं– प्रतिएमबी करिब ५ पैसामै इन्टरनेट चलाउन सकिने गरी नेपाल टेलिकमले लार्ज डाटा प्याकको योजना ल्याएको छ । यो प्याक एकपटक सब्स्क्राइब गरेपछि लामो समयसम्म र तुलनात्मक रुपमा निकै सस्तोमा डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी...
-
२०७६ फाल्गुण १८, आइतबार
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ । यसैगरी पानी जहाज सञ्चालनको आवश्यक प्रक्रिया पनि जारी छ । रेल सञ्चालनका लागि ‘रेल सेट’ समेत तयार भइसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।...
-
२०७६ फाल्गुण १८, आइतबार
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उहाँले भन्नुभयो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले...


