राष्ट्रिय
-
२०७६ चैत्र २, आइतबार
काठमाडौंको ठूलो चाड पाहांचःह्रेको जात्रा नहुने
काठमाडौं– काठमाडौंमा विशेष रुपमा मनाइने ठूलो चाड पाहांचःह्रे (पिशाच चतुर्दशी) पनि कोरोनाभाइरसको चपेटामा परेको छ । कोरोनाभाइरस संक्रमण हुन नदिने पूर्वतयारी अनुरुप यस वर्षको पाहांचःह्रेको जात्रा स्थगित गरिने निर्णय भएको छ । पाहांचःह्रेको समय लुँमधि, कंग, म्हय्पि, तखति, मैति, ङतमरु र बछला अजिमाको खटजात्रा हुने गर्दछ । जात्रा मनाउने विभिन्न संघसंस्थाले यस वर्ष जात्रा ननिकाल्ने निर्णय गरेको छ ।...
-
२०७६ चैत्र २, आइतबार
कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प
कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । भूकम्पको धक्का...
-
२०७६ चैत्र २, आइतबार
एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ
काठमाडौँको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी...
-
२०७६ चैत्र १, शनिबार
हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र...
-
२०७६ चैत्र १, शनिबार
ढुङ्गेधारा बचाउन पूर्वप्रधानमन्त्री खनालसँग भेट
काठमाडौं– ऐतिहासिक ढुङ्गेधारा बचाऊ अभियान सञ्चालन गरिरहेको समूहले शनिबार (चैत १ गते) पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ । बुढानीलकण्ठका समाजसेवक एवं सम्पदाप्रेमी राजु श्रेष्ठको नेतृत्वमा सम्पदा अभियन्ता यादवलाल कायस्थलगायतका व्यक्तिहरुले पूर्वप्रधानमन्त्री खनालसँग भेट गरेका थिए । उक्त भेटमा हात्तिसारमा भेटिएको ऐतिहासिक ढुङ्गेधारा उत्खननको परिणाम नष्ट गर्न खोजिरहेको र पुरातत्व विभागले...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
प्रधामन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज
प्रधामन्त्री केपी शर्माओलीलाई आज शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै गर्दा निकै हँसिलो मुद्रामा अस्पताल परिसरबाट बाहिरिएका थिए । प्रधामन्त्रीओलीलाई साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
-
२०७६ फाल्गुण ३०, शुक्रबार
दुवै मृगौला फेल भएका महर्जनको उपचारमा समस्या, सहयोगको याचना
काठमाडाैं– आर्थिक अभावले दुवै मृगौला फेल भएका युवकको उपचारका लागि समस्या परकोले आर्थिक सहयोगको लागि सहयोगी मनहरुसँग सहयोग मागिरहेका छन् । ललितपुरको अग्निशाल, पाटन बस्ने वर्ष २२ का रोजल महर्जनको दुईवटै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक संकलनका लागि गुहारिरहेका छन । महर्जन ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन भ्याली कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्र हुन् । उनको बुबाको ४ वर्ष अगाडि नै...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
पत्रकार जितेन्द्र महर्जन रिहा
काठमाडाैं– नेपालभाषाको पत्रिका ‘न्हूगु जोजोलपा’का प्रधानसम्पादक एवं रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक जितेन्द्र महर्जन बिहीबार (फागुन २९ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भएका छन् । महर्जनलाई गत फागुन १४ गते कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यलयबाट घर फर्कदै गरेको अवस्थामा कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरी महर्जनलाई महानगरीय...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क
कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
१०० नम्बरमा ‘ब्लफकल’ नगर्न आग्रह
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो । अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् । ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
कोभिड–१९ः पर्वतारोहणमा गुम्दै रु ६० करो
वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो । मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
भरतपुरमा कोरोना रोकथाम समिति गठन
भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो । महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको...


