राष्ट्रिय
-
२०७६ फाल्गुण २३, शुक्रबार
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “मध्यन्नबाट देशैभरि बदली भई...
-
२०७६ फाल्गुण २३, शुक्रबार
उपभोक्ता मन्द विषको शिकार
भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हँुदै गएका छन् । सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयमा सामान्य जाँच गराई...
-
२०७६ फाल्गुण २३, शुक्रबार
अज्ञात रोगले विद्यार्थी बिरामी
दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा...
-
२०७६ फाल्गुण २३, शुक्रबार
भक्तपुर महोत्सव स्थगित
भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य...
-
२०७६ फाल्गुण २३, शुक्रबार
‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला
स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा भीड बढेपछि दुर्घटना हुन सक्ने भन्दै प्रवेशद्वारमा ढुङ्गा र सिमेन्टले बन्द गरिएको थियो । पाल्पाको रामघाट क्षेत्रमा रहेको सप्तगुफालाई धार्मिक हिसाबले समेत हेरिएको छ...
-
२०७६ फाल्गुण २३, शुक्रबार
सर्जिकल मास्क अभाव
प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ । नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिनुभयो । “...
-
२०७६ फाल्गुण २३, शुक्रबार
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था । हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो...
-
२०७६ फाल्गुण २२, बिहिबार
काठमाडौं अब मेकानिकल पार्किङको प्रयोग हुने
अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव...
-
२०७६ फाल्गुण २२, बिहिबार
कोरोना सचेतना
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका...
-
२०७६ फाल्गुण २२, बिहिबार
महायज्ञमा करिब डेढ करोडको दान सङ्कलन
यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको...
-
२०७६ फाल्गुण २२, बिहिबार
ललितानिवासमा जग्गा किनेका ‘पीडित’ नेवारहरु मारमा
काठमाडौं– लामो समयदेखि भ्रष्टाचारको ठूलो काण्ड बनेको बालुवाटारस्थित ललितानिवासमा जग्गा किनी घर बनाएका ३६ जना जग्गाधनीहरु मारमा परेको जानकारीमा आएको छ । उक्त स्थानमा जग्गा किन्ने यी ३६ जनामध्ये २९ जना स्थानीय नेवारहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूल्ठूला अधिकारीविरुद्धसमेत उक्त काण्डमा मु्द्दा दायर गरिसकेको छ । यी ३६ जना व्यक्तिले गत २०६३/६४ सालमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग...
-
२०७६ फाल्गुण २२, बिहिबार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी...


