STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोनाबाट बच्न ‘हात नमिलाउने, नमस्कार गर्ने’

    नोबेल कोरोना भाइरस कोभिड–१९ बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् । ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले...

  • २०७६ फाल्गुण २१, बुधबार

    आपत्तिजनक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा कतिपय सञ्चारमाध्यम (अनलाइन)बाट सम्प्रेषित समाचारप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानकर्षण गरेको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । ओलीको मिर्गौला प्रत्यारोपण विषयमा केही अनलाइनहरुमा देखिएका आपत्तिजनक समाचारप्रति खेद जनाउँदै प्रेस काउन्सिल नेपालले एक ध्यानकर्षण पत्र जारी गरेको छ ।...

  • २०७६ फाल्गुण २१, बुधबार

    प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल

    २१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको...

  • २०७६ फाल्गुण २१, बुधबार

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

    प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ । मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी...

  • २०७६ फाल्गुण २१, बुधबार

    नेवार–शाक्य सभ्यता जोड्न साइकल र्याली

    काठमाडाैं – काठमाडाैंको नेवार सभ्यता र प्राचीन कपिलवस्तुको शाक्य सभ्यता जोड्ने उद्देश्यले काठमाडौं–लुम्बिनी साइकल र्याली हुनेभएको छ । काठमाडौंको द्वारिका होटलमा फागुन २१ गते बुधबार एक पत्रकार सम्मेलन गरी अभियन्ता विक्रम पाण्डेकाजीले उक्त र्यालीबारे जानकारी दिएका छन् । अभियन्ता पाण्डेकाजीले शुक्रबार (फागुन २३) बिहान ६ः३० बजे स्वयम्भू हारती मन्दिरमा भेला भई काठमाडौं–लुम्बिनी साइकल र्याली हुने...

  • २०७६ फाल्गुण २१, बुधबार

    अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको...

  • २०७६ फाल्गुण २१, बुधबार

    झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

    झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिनुभयो । ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान...

  • २०७६ फाल्गुण २१, बुधबार

    कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक

    अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ । नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

    निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस कोभिड–१९ को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी,...

  • २०७६ फाल्गुण २१, बुधबार

    माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

    चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन...

  • २०७६ फाल्गुण २०, मंगलबार

    काठमाडौँ धुलोमुक्त भएन भित्री सडकमा ब्रुमर लगाउन समस्या

    भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहँुदा काठमाडौँ महानगरपालिका कामपालाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडमा खाल्डा पुर्ने काम...

  • २०७६ फाल्गुण २०, मंगलबार

    हिमालयले भित्र्यायो नयाँ जहाज

    नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...

Pages