राष्ट्रिय
-
२०७६ फाल्गुण १९, सोमबार
कोरोना नमस्ते अभियान
अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका...
-
२०७६ फाल्गुण १९, सोमबार
सभामुखद्वारा सरकारलाई निर्देश
पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको थियो । सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि...
-
२०७६ फाल्गुण १९, सोमबार
भारतीय प्रमद्वारा प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गर्नुभएको छ । भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उहाँले गर्नुभएको छ...
-
२०७६ फाल्गुण १९, सोमबार
राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा
नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी हुनुहुन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...
-
२०७६ फाल्गुण १९, सोमबार
कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण...
-
२०७६ फाल्गुण १९, सोमबार
मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड
बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तर्राष्ट्रिय...
-
२०७६ फाल्गुण १९, सोमबार
भक्तपुर सडकमा ‘राडार गन’ जडान
तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस...
-
२०७६ फाल्गुण १९, सोमबार
इन्धनमा कर नथप्न आग्रह
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिनुभयो । सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको...
-
२०७६ फाल्गुण १९, सोमबार
सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने...
-
२०७६ फाल्गुण १९, सोमबार
कमलदह नजिकै मृग फेला
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग रतुवा फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम पूर्वका डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको दारे भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको हो । नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताउनुभयो । मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट...
-
२०७६ फाल्गुण १९, सोमबार
राईलाई राष्ट्रिय विभूति घोषणाको पहल
विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै आएकामा रार्ईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता राईलाई सरकारबाट...
-
२०७६ फाल्गुण १९, सोमबार
सिसी क्यामराको निगरानीमा आँबुखैरेनी
गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२...


