STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ११, आइतबार

    क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

    कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ । क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा रु सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन...

  • २०७६ फाल्गुण ११, आइतबार

    आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

    पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउनुहुन्छ । “मलाई स्थानीयस्तरको जडीबुटीले रोग निको गरायो ।”उहाँले भन्नुभयो । जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी...

  • २०७६ फाल्गुण ११, आइतबार

    मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

    अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिनुभयो । “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ,...

  • २०७६ फाल्गुण ११, आइतबार

    मातृभाषा दिवसको अवसरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा काठमाडौंको केलटोल,जनबहालमा मातृभाषा बाट कबिता बाचन र गित गाउनेू कार्यक्रम नेपाल भाषाबाट आयोजना र संचालन गरीयो । कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको बताउनुभयो ।भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको बताउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने...

  • २०७६ फाल्गुण ११, आइतबार

    प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व मुख्यमन्त्री पौडेल

    प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि...

  • २०७६ फाल्गुण ११, आइतबार

    ठूलादुर्लुङ मेला फागुन १५ मा

    महाँकाल गाउँपालिका वडा नं ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ । यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ ।” पहिलो दिन...

  • २०७६ फाल्गुण ११, आइतबार

    परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उहाँले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई...

  • २०७६ फाल्गुण ११, आइतबार

    शान्ति सुरक्षाको अवस्था सुदृढ छ गृहमन्त्री थापा

    गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भन्नुभयो । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको...

  • २०७६ फाल्गुण ११, आइतबार

    सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

    उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नैै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् । निर्माण शुरु भएको लामो बितिसक्दा यस सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन ।...

  • २०७६ फाल्गुण ११, आइतबार

    मगर एकता दिवस फागुन मनाइने

    काठमाडौं । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवलमा ३८ औं मगर एकता दिवस साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ । दिवसकै अवसर पारेर समितिले शुक्रबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । त्यस्तै शनिबार बुटवल सुख्खानगरस्थित संघका कार्यालयमा रक्तदान कार्यक्रम राखिएको छ । यसैगरी फागुन ११ गते भोजनदान राखिएको छ । अन्तर्राष्ट्रिय...

  • २०७६ फाल्गुण ११, आइतबार

    बिपीको पूर्णकदको शालिक निर्माण

    झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार...

  • २०७६ फाल्गुण ११, आइतबार

    सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक,...

Pages