relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण १६, शुक्रबार

    राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ मुख्यमन्त्री पौडेल

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गर्नुभएको छ । पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले त्यहाँ पु¥याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

    सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताउनुभयो । सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ । एक...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा

    काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक गरिने

      भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताउनुभयो । नापी विभागको पनि प्राविधिक टोली उक्त कार्यमा क्रियाशिल रहेकाले काम अन्तिम चरणमा...

  • २०७६ फाल्गुण १५, बिहिबार

    ‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

    ‘यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै एउटा प्रश्न पनि तेर्सियो– बाँदरबाट कसरी जोगाउने होला रु त्यही पीरमा बसिरहेको थिएँ, फूलले त सजाउने तर शिवरात्रि पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ रु अर्को प्रश्न आयो । त्यस प्रश्नमा मेरो पहिलो जवाफ थियो– पहिले फूलको सौन्दर्यको आनन्द त लिउँ, सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने...

  • २०७६ फाल्गुण १५, बिहिबार

    मगरलाई प्रयोगका पात्र मात्र बनाइयो ः मुख्यमन्त्री राउत

    मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताउनुभएको छ । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण...

  • २०७६ फाल्गुण १५, बिहिबार

    विभिन्न निकायमा नियुक्ति ,राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को महिला सदस्यमा रमा श्रेष्ठ

    विभिन्न निकायमा नियुक्ति सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वाणिज्य तथा आपूर्ति  डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा...

  • २०७६ फाल्गुण १५, बिहिबार

    आजदेखि मौसम सुधार हुने

    पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी...

  • २०७६ फाल्गुण १५, बिहिबार

    पञ्चकपाल चर्यानृत्यको भिडियो सार्वजनिक

    काठमाडौं– पञ्चकपाल चर्यानृत्यको भिडियो प्रोजेक्ट बाजा नेपालले सार्वजनिक गरेको छ । पाटनमा भएको सम्यक महादान पर्वको अवसर पारेर उक्त भिडियो सामाजिक सञ्चाल युट्युबमा सार्वजनिक गरिएको हो । बुद्ध र बुद्ध शासनको रक्षकका रुपमा बौद्धमार्गीले मान्दै आएका महांकाल बोधिसत्व आर्यावलोकितेश्वरलाई करुणा र बलको प्रतीकको रुपमा लिइन्छ । काल भन्नु मृत्यु वा समय हो । महांकाल मृतशरीरमाथि विराजमान हुन्छन् । पञ्चकपाल...

  • २०७६ फाल्गुण १५, बिहिबार

    सुर्खेतका सडक धमाधम निर्माण हुँदै

    कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षात्मा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै वर्षे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण...

  • २०७६ फाल्गुण १५, बिहिबार

    दाङमा बौद्धधर्मसम्बन्धित सामग्री प्रदर्शन

    काठमाडौं– दाङको बेल्झुण्डीमा ‘प्रदेश एक्स्पो २०७६’ सम्पन्न भएको छ । प्रदर्शनीमा अक्षयश्वर महाविहारले पनि सहभागिता जनाएको थियो । महाविहारको संयोजनमा पञ्चबुद्ध र श्रीयन्त्र मण्डला प्रदर्शनीमा राखिएको थियो । यसका साथै प्रदर्शनीमा लुम्बिनी सम्बन्धी फोटो, पौभा, परम्परागत सामग्री, सजावटका सामग्री, प्रस्तर ढुङ्गाका मूर्ति, चर्यानृत्य, पानी शुद्धिकरण एवं कचहरी नाटक प्रदर्शनी भएको थियो । प्रदेश नं ५...

Pages