राष्ट्रिय
-
२०७६ फाल्गुण १३, मंगलबार
राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो
अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी...
-
२०७६ फाल्गुण १३, मंगलबार
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो । उहाँका अनुसार प्रि–मनसुनको...
-
२०७६ फाल्गुण १३, मंगलबार
ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने
नेपालका तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा...
-
२०७६ फाल्गुण १३, मंगलबार
दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या
जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद डिप्रेसनको समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताउनुभयो । दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका...
-
२०७६ फाल्गुण १३, मंगलबार
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उहाँले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताउनुभएको हो । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उहाँले करारमा...
-
२०७६ फाल्गुण १३, मंगलबार
‘माथ में मोटरी जय सीयाराम’
आज मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर कलना बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान फुलहर सम्मै अटुट देखिँदोछ । “जय जानकीजी, जय सीयाराम ” मैथिल जनबोलीमा सीताजीलाई सीयाजी भन्ने गरिएको छ । मान्छे नै मान्छे अर्थात् सडक पूरै ढाकेर धार्मिक यात्रामा निस्केका हजारौँ श्रद्धालु यात्रीको एउटै बोली, एउटै लय, “जय सीयाराम ” फागुन औँशीका दिन शुरु भएर लगातार १५...
-
२०७६ फाल्गुण १३, मंगलबार
औद्योगिकीकरणमा बामे सर्दै गण्डकी प्रदेश
गण्डकी प्रदेश औद्यागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार सरकारको एक स्थानीय तह–...
-
२०७६ फाल्गुण १२, सोमबार
छाडा चौपायाको जगजगी बढ्यो
जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने चौपायाले पैदलयात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु...
-
२०७६ फाल्गुण १२, सोमबार
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक...
-
२०७६ फाल्गुण १२, सोमबार
शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ ः मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व...
-
२०७६ फाल्गुण १२, सोमबार
राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक राखिने
गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो । आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका अवसरमा सालिक अनावरण गरिने सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिनुभयो । “जगसहित अरू संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ...
-
२०७६ फाल्गुण १२, सोमबार
पुराना पाइप विस्थापित हुने
काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ । हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख...


