राष्ट्रिय
-
२०७५ फाल्गुण २२, बुधबार
चौधरीलाई जन्मकैदको फैसाला गरेपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए
सरकारलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले आफ्ना पार्टीका नेता रेशम चौधरीलाई जन्मकैदको फैसाला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।
-
२०७५ फाल्गुण २२, बुधबार
‘प्रदेशसभा सदस्यको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’
प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए । बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको...
-
२०७५ फाल्गुण २१, मंगलबार
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको...
-
२०७५ फाल्गुण २१, मंगलबार
होलीमा भन्दा हिले जात्रा यौनत्तैजक
गाउँ घरमा कामको साथै मनोरञ्जन हुने गरी रोपाई गर्ने प्रथा नै रोपाई जात्रा हो, जसलाई हिले जात्रा पनि भनिन्छ । यो पनि होलीकै एक रुप मान्न सकिन्छ । सो रोपाई जात्रामा बेठी लगाउने पनि गरिन्छ । बेठी भनेको नौमती बाजाको सुर र तालमा गीत गाउँदै नाच्दै धान रोप्ने चलन हो । घुँडामाथि साडी सुर्केर (हिजोआज हाफ पाइण्ट नै लगाएर) धान राप्ने तरुणी रोपाहारहरु कोही त्यही नौमतीको सुर र तालमा गाउँदै नाच्दै रोपाई गर्ने...
-
२०७५ फाल्गुण २१, मंगलबार
प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे बाट भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा सहयोग
साँखु, प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् । प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो । सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् । सो संस्थामा...
-
२०७५ फाल्गुण २१, मंगलबार
‘व्यवहारतः सिण्डिकेट कायमै’
सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे ।...
-
२०७५ फाल्गुण २०, सोमबार
पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम
मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल...
-
२०७५ फाल्गुण २०, सोमबार
पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे दर्शन
महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले...
-
२०७५ फाल्गुण २०, सोमबार
महाशिवरात्रि शिवालयमा दर्शनार्थीको भीड
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विशेषतः वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । आज विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव,...
-
२०७५ फाल्गुण २०, सोमबार
रानीपोखरी पुनःनिर्माण शुरु
ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने...
-
२०७५ फाल्गुण १९, आइतबार
तीन दिनसम्म तेस्रो विश्व नेवाः सम्मेलन हुने
वर्ल्ड नेवाः अर्गनाइजेशन (विश्व नेवाः दबू) को तेस्रो सम्मेलन आउँदो चिल्लागा अस्तमिदेखि दसमि (चैत्र १४ गतेदेखि १६ गते) सम्म काठमाडौंमा भव्य रुपमा आयोजना गरिने भएको छ । फागुन १८ गते शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो विश्व नेवाः दबू सम्मेलन आयोजक संस्थाको आयोजनामा भएको पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो । हुनलागेको विश्व नेवाः दबूको तेस्रो सम्मेलनमा १० भन्दा बढी...
-
२०७५ फाल्गुण १९, आइतबार
मैथिली विकास कोषद्वारा मैथिली भाषा–साहित्यको संरक्षणमा जोड
मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै आउँदैन भन्नुभयो । मैथिली बोलिरहेको अवस्थामा पनि कुन भाषा बोलिरहेको छु,...


