साहित्य-कला
-
२०८१ भाद्र १०, सोमबार
मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न
मिलाप फाउण्डेशनको अायोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध...
-
२०८१ भाद्र १०, सोमबार
नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग
काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा यसपटक प्रधानलाई स्थान दिइएको हो ।नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त...
-
२०८१ भाद्र ९, आइतबार
चैत्यदेवी सिंह र विजयरत्न लगायतका व्यक्तित्वहरु सम्मानित
नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गरेकी चैत्यदेवी सिंह र अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर सहित तीन दर्जन कलाकार, खेलाडी, उद्यमी र समाजसेवीलाई शनिवार एक समारोहका बीच लालीगुराँस सम्मान प्रदान गरिएको छ । लालीगुराँस कृयसन मिडिया नेपाल, तेजस्वी कला केन्द्र, अोजस्वी मल्टि मिडियाको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख आतिथ्यतामा एक भव्य...
-
२०८१ भाद्र ६, बिहिबार
ममता खत्रीको तीज गीत ‘म जान्छु माईत’ सार्वजनिक
सांगितिक क्षेन्रका उदियमान प्रतिभा ममता खत्रीको संगीत तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत हालै सार्वजनिक गरिएको छ । गीतमा जीवन परियार र तुलसा सुनुवारको स्वर रहेको छ । हेमराज डाँगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा अम्बिका राई (अन्जु), सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ । स्मारिका राईको नृत्य निर्देशन रहेको यस भिडियोको...
-
२०८१ श्रावण ३२, शुक्रबार
नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा
मध्यविन्दु, साउनः बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् । सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो ।...
-
२०८१ श्रावण ३२, शुक्रबार
मिथिलामा गुञ्जदै झुला गीत
महोत्तरी, मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रोे) मा राखेर झुलाइन्छ । झुला पर्वमा गाइने...
-
२०८१ श्रावण ३१, बिहिबार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
वालिङ (स्याङ्जा), साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले...
-
२०८१ श्रावण २०, आइतबार
साहित्यसेवी प्राध्यापक सुवेदीको जन्मजयन्तीमा विशेष कार्यक्रम : श्रेष्ठ र थापा सम्मानित
साहित्यसेवी प्राध्यापक राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गर्दै उहाँको सम्झना गरिनुका साथै दुई विशिष्ट व्यक्तित्वहरु सम्मानित गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमूख अतिथीका रुपमा उपस्थित कार्यक्रममा अमर साहित्यसेवी सुवेदी को वाङमय यात्रा बारे चर्चा गरिएको थियो । राजेन्द्र सुवेदि स्मृति समाजद्वारा आयोजित सो कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको...
-
२०८१ श्रावण २०, आइतबार
आश्मा भइन् मिस नेपाल वर्ल्ड
काठमाडौँ - आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स...
-
२०८१ श्रावण १७, बिहिबार
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । दुई साताअघि जन्मथलो फर्किनुभएका उहाँले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनुभएको थियो । गुरुदेव निकट मानिनुहुने कवि मुकुन्द पौडेलका...
-
२०८१ श्रावण १३, आइतबार
तीन ग्यालरीमा ‘रास लिला द डिभाइन डान्स’ कला प्रदर्शनी जारी
काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उहाँको कला प्रर्दशनीको शीर्षक ‘रास लिला द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर...
-
२०८१ श्रावण १३, आइतबार
कलाकर्मि पवन जोशीको भव्य सम्मान सम्पन्न
नेपालभाषा र खस जेपाली भाषामा समेत सकृय वरिष्ठ निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीको सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ भएको अवसरमा जोशीलाई भव्य सम्मान गरिएको हो । सम्मानको क्रममा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जोशीलाई...


