STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७७ मङ्सिर १४, आइतबार

    पाँच मैथिलीसेवी पुरस्कृत

    राजविराज – मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ । मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद् एवं लेखक प्रा डा पीताम्बरलाल यादवलाई प्रदान गरिएको छ । विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार साहित्यकार एवं मिथिला...

  • २०७७ मङ्सिर ६, शनिबार

    योनिको आत्मालाप (Vagina Monologues)

    ईभ एन्सलर (Eve Ensler 1953)प्रसिद्ध अमेरिकी नारीवादी नाटककार हुन् । उनी नाटक लेखिका मात्र हैनन् नाटक खेल्ने रङ्गकर्मी पनि हुन् । उनको नाटकको उद्देश्य मूलतः महिला हिंसा विषय विश्वमा जागरण ल्याउने भएकोले उनलाई नारीवादी नाटककारको रुपमा पनि हेर्ने गरिन्छ । ईभ एन्सलरले महिला हिंसामा महिला सुरक्षा, सशक्तिकरण, अस्मितालाई केन्द्रित गरी लेखेको नाटकमा आफ्नै महत्व र समसामयिकता पाइन्छ । ईभले आफ्नो नाटक...

  • २०७७ मङ्सिर ६, शनिबार

    योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ नायिका केकी अधिकारीको आकर्षक अभिनय

    नेपालको लोकसंगीत फाँटमा अत्यन्तै लोकप्रिय भएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजी जोडीको पछिल्लो गीत ‘बारीको कर्कलो ’ हालै सार्वजनिक गरिएको छ । सो गीतमा विष्णु माझी र बाबुकृष्ण परियारको स्वर रहेको छ भने सोही  गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुली रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको...

  • २०७७ कार्तिक ३०, आइतबार

    ओ मैंचा मुसुमुसु न्हिला भन्दै नयाँ म्यूजिक भिडियो सार्वजनिक

    नेपाल सम्बत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तिब्रता लिएको छ । यसै क्रममा नेपालभाषाका गीतका नयाँ म्युजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् । आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु न्हिलाः’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल सम्बत ११४१ न्हूदँ नयाँ वर्षको अवसरमा  एक कार्यक्रमको आयोजना गरी गीतसँग सम्बन्धित समूह र संचारकर्मीहरुबीच म्यूजिक भिडियो...

  • २०७७ कार्तिक २९, शनिबार

    एउटै मञ्चबाट जनकविको शुभकामना गीत, फिल्म सिद्धान्तको पुस्तक र शर्टफिल्म सार्वजनिक

    काठमाडौं – नेपाल संवत् ११४१ नववर्षको अवसरमा एउटै मञ्चबाट जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको म्युजिक भिडियो, फिल्मकर्मी राकेश महर्जनको ‘फिल्म सिद्धान्तया खँ’ पुस्तक र महर्जनकै नयाँ शर्टफिल्म ‘कलरफुल अम्ब्रेला’ सार्वजनिक गरिएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो गीत, पुस्तक र शर्टफिल्म सार्वजनिक गरिएको हो । कार्तिक २८ गते शुक्रबार...

  • २०७७ कार्तिक २८, शुक्रबार

    नेपालभाषामा फिल्म सिद्धान्तको पुस्तक आउँदै

    काठमाडौं – फिल्मसिद्धान्त विषयमा नेपालभाषामा लेखिएको पुस्तक आज सार्वजनिक हुँदैछ । ओस्कार इन्टरनेशन कलेजबाट ग्राजुएसन सकाएका फिल्मकर्मी राकेश महर्जनद्वारा लिखित यो पुस्तक नेपालभाषा साहित्य क्षेत्रमै पहिलो फिल्म सिद्धान्तसम्बन्धी पुस्तक बन्न गइरहेको छ । नेपाल संवत् ११४१ नववर्षको अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो पुस्तक विमोचन हुन लागेको...

  • २०७७ कार्तिक २१, शुक्रबार

    फोटो पत्रकार ‘परदेशीको पीडा’ म्यूजिक भिडियोमा

    काठमाडौँ – गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगयातले संयुक्त रुपमा विमोचन गर्नुभयो । गायक विनोद दनुवारले...

  • २०७७ कार्तिक १७, सोमबार

    जनकवि दुर्गालालको शुभकामना गीत सार्वजनिक हुने

    नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समिति ११४१ को आयोजनामा नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीत सार्वजनिक हुने भएको छ । नववर्षको उपलक्ष्यमा विश्वव्यापी नववर्ष मनाउने एवं शुभकामना आदानप्रदान गर्न जनकवि श्रेष्ठको शुभकामना गीत सार्वजनिक गर्न लागेको समारोह समितिले जानकारी दिएको छ । सो गीत संयुक्त गीतको रुपमा हुने पनि समारोह समितिले जनाएको छ । साथै, गीतको म्युजिक...

  • २०७७ कार्तिक १७, सोमबार

    शंखधर साख्वाःको झण्डा फहराएर नेवार कलाकारहरुले न्हूदँ मनाउने

    काठमाडौं – नेवार कलाकारहरुले विविध कार्यक्रम गरी नेपाल संवत् ११४१ नववर्ष मनाउने भएका छन् । यसैक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाःको झण्डालाई सबै नेवार कलाकारहरुले आ–आफ्नो घरमा फहराएर मनाउन सहमति भएको छ । नेसं ११४० कौलागा १२ (कार्तिक २७ गते) बिहीबार शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले शंखधर साख्वाःको झण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । झण्डा सार्वजनिक भएपछि नेवार कलाकारहरुले आ–...

  • २०७७ कार्तिक १६, आइतबार

    जमाना खराब छ भन्दै आयो नेपालभाषाको म्युजिक भिडियो

    जमानाको खराब नजरबाट एक युवतीलाई एक युवकले कसरी  बचाएर आफ्नो बनाउन सफल भए भन्ने कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । कोरोना संक्रमण को जोखिमको कारण  एक समारोहकाबीच फेसबुकमा लाइभमार्फत  वरिष्ठ सिने पत्रकार नेपालभाषाका प्रथम म्युजिक भिडियो डाईरेक्टर विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । हाल चर्चामा रहेको यस म्यूजिक...

  • २०७७ कार्तिक १४, शुक्रबार

    राजमति कुमतिको नारी संस्करण सार्वजनिक

    नेपालभाषाको चर्चित लोक गीत 'राजमति कुमति जिके वःसा पिरति'को नारी संस्करण हालै सार्वजनिक गरिएको छ । प्रमाणित नभए पनि ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको थियो भनेर भनिन्छ । यो गीत सेतुरामको स्वरमा पनि रेकर्ड गरिएको थियो भने गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिनुहुने महान गायक प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको थियो...

  • २०७७ कार्तिक १३, बिहिबार

    विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न, नेपालभाषा विषयमा सर्वाेत्कृष्ट हुने विद्यार्थी सम्मानित

    काठमाडाैं – युवा साहित्यकारलाई नेपालभाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आज बुधबार आयोजित विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपालभाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । सम्मेलनको उद्घाटन गर्दै गुठीका पूर्व अध्यक्ष गोविन्दमान श्रेष्ठले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै...

Pages