STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७७ चैत्र ३, मंगलबार

    दीप श्रेष्ठको स्वरमा रविन पियाको गीत सार्वजनिक

    नेपालका चर्चित गीतकार रविन पियाको मायामय गीतको भिडियो हालै सार्वजनिक गरिएको छ। सुप्रसिद्द गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा "धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके" बोलको गीतको भिडियो सात समुद्रपारि अमेरिकावाट सार्वजनिक गरिएको हो। अमेरिकामा रहेर भोगाइका अनगिन्ति यथार्थहरुलाई आत्मसात गर्दै गीतबाट भावनालाई बुलन्द गर्दैआएका गीतकार रविन पियाको यो गीतको भिडियो अमेरिकाको टेक्सास स्थित...

  • २०७७ चैत्र २, सोमबार

    एम्स फुटसलमा भीम तुलाधर र चम्सुरीको टिम विजयी

    कलाकारहरुलाई एकापसमा परिचित गराउने उद्देश्यले एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा गत फागुन २९ गते एम्स आर्टिष्ट फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मत्स्य रिक्रियशन सेन्टर मच्छेगाउँमा भएको सो फुटसल प्रतियोगितामा पुरुष कलाकारहरुतर्फ गायक भीम तुलाधरको टिम प्रथम भएको छ भने महिला कलाकारहरुतर्फ कलाकार पल्पसा डंगोल चम्सुरीको टिम प्रथम भएको छ । पुरुषतर्फ कृष्णभक्त महर्जनको टिम दोस्रो र भाइकाजि...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    बालप्रतिभा एरोनको नयाँ म्युजिक भिडियो आउँदै

    कीर्तिपुर - बालप्रतिभा एरोन महर्जनले गाएको गीत ‘मां (आमा)’ को म्युजिक भिडियो निर्माण हुन लागेको छ । संगीतकार भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध यस गीतको म्युजिक भिडियो निर्माणको मुहूर्त आज शुक्रबार सम्पन्न भएको छ । मुहूर्त कार्यक्रममा गायक महर्जनका हजुरबुबा राजु महर्जनले क्यामरा पुजा गरेका थिए । पूजापछि गीतको बोलको केही भागकाे छायाँकन समेत गरिएकाे थियो । म्युजिक भिडियोको निर्देशन, छायांकन एवं...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    साहित्यकार मोक्षबहादुर अमात्यको पुस्तक “तिकि तिकि” र गीतिएल्बम “छ व जि” लोकार्पण

    नेपालभाषाका मूर्धन्य साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको हाइकु संग्रह पुस्तक ‘तिकि तिकि’ र उहाँकै रचनामा तयार भएको गीतको एल्बम ‘छ व जि’ को लोकार्पण एक विशेष कार्यक्रमका बीच बिहिवार सम्पन्न भएको छ । वरिष्ठ समालोचक एवं साहित्यकार डा. मोहन हिमांसु थापाको प्रमुख आतिथ्यतामा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक एवं कार्यक्रमका सभापति नरेशबीर शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि,...

  • २०७७ फाल्गुण २७, बिहिबार

    मनिषा कोइरालाको 'महामृत्युंजय मंत्र' सार्वजनिक

    बलिउड  कि ख्यातिप्राप्त अभिनेत्री तथा लेखक मनिषा कोइरालाको स्वर रहेको  'महामृत्युंजय मंत्र' महाशिवरात्रीको अवसरमा सार्वजनिक गर्नु भएको छ । आज विहिबार सार्वजनिक गरिएको  महामृत्युंजय मन्त्रमा अभिनेत्री मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर रहेको छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् । यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गर्नु भएको हो भने...

  • २०७७ फाल्गुण २७, बिहिबार

    अमेरिकाबाट आयो होलि गीतको म्युजिक भिडियो

    होलिलाई रसरङ्ग र उमङ्गको उत्सव मानिन्छ भने  नेपालको सांगितिक क्षेत्रमा होलिको बेग्लै महत्व रहँदै अाएको छ । यसै क्रममा होलिलाई दृष्टिगत गर्दै प्रवासमा रहँदै आउनु भएका गीतकार कमला न्यौपाने ले रचना गर्नु भएको एउटा नयाँ गीत " होलि रङ्ग होलि  "को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहित्यकारका रुपमा पृथक पहिचान बनाउनु भएका कवियत्रि न्यौपाने का गीत , मुक्तक , गजल र कविता प्रकाशमा ल्याइरहनु भएका गीतकार...

  • २०७७ फाल्गुण २५, मंगलबार

    ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयनमा प्रधानमन्त्री ओली पनि

    ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि  मनोनयनमा पर्नु भएको छ ।   प्रधान मन्त्री ओलीले रचना गर्नु भएको स्वदेशमै रोजगारी बोलको गीत पनि उत्कृष्ट   राष्ट्रिय भाव विधाको प्रतिस्पर्धाको पाँच मनोनयनमा पर्न सफल भएको हो । यो गीतको म्युजिक भिडियोकाे निर्देशन मोहन निरौलाले गर्नु भएको हो ।   समावेशी अवार्डको रुपमा परिचित ‘चौथो राष्ट्रिय समावेशी म्युजिक...

  • २०७७ फाल्गुण २४, सोमबार

    पवन जोशीको निर्देशनमा रुपेन्द्र र आराध्य

    विगत पचास बर्षदेखि निरन्तर कला क्षेत्रमा लाग्दैआएका   नेपालभाषाका म्युजिक भिडियोहरु एक पछि अर्को गरेर निर्देशन गरेर सफलताको रेकर्ड नै राख्दैआएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो हिजो आइतबार सार्वजनिक भएको छ। निर्देशक जोशीव्दारा निर्देशित धुकु पिकु क्यने छन्त बोलको  गीत जनगायक भृगुराम श्रेष्ठ ले सार्वजनिक गर्नु भएको हो। तारा राम मुनकर्मीको गायन, विकासरत्न...

  • २०७७ फाल्गुण २३, आइतबार

    नेपाली म्युजिक भिडियो अवार्ड’को मनोनयन सार्वजनिक (पूर्ण सुची)

    संगिक्षा फिल्मस् इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को चौथों संस्करणका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । हङकङमा आयोजना हुने अवार्डमा कुल ४१ विधा छन् । जसमा आधुनिक, राष्ट्रिय भावनाका गीत, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् । शनिबार राजधानीमा सम्पन्न मनोनयन सार्वजनिक कार्यक्रममा टप ५ कलाकर्मीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएका थिए ।...

  • २०७७ फाल्गुण २३, आइतबार

    कलाकारहरूबीच २९ गते फुटसल प्रतियोगिता

    नेपालभाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । 'एम्स आर्टिस्ट फुटसल' नाम दिइएकाे प्रतियाेगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएकाे छ । काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचकाे भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताकाे तयारी थालेकाे बताइएकाे छ ।...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    रमण घिमिरेलाई कुमार-सरस्वती साहित्य पुरस्कार

    बासु शशी स्मृति परिषद्को  बैठकले   विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएका  साहित्यकार रमण घिमिरेलाई 'कुमार-सरस्वती साहित्य पुरस्कार–२०७७' प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार घिमिरे का 'एक दर्जन एक',   ' ...अर्थात् हामी' र 'सूत्रधार' नामक निबन्धसङ्ग्रह प्रकाशित छन् भने दुई सय भन्दा बढी गीतहरू  रेकर्ड भइसकेका छन् । घिमिरे  साधना...

  • २०७७ फाल्गुण १८, मंगलबार

    राष्ट्रपतिबाट नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

    नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा  राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान तथा पुरस्कार वितरण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले बरिष्ठ वाद्यवादक नोर्बु छिरिङ्ग लामालाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७६ र  बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजिव, गीतकार सुरेन्द्र राना, बाद्यबादकराजु...

Pages