STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ भाद्र ५, बुधबार

    सुनको मूल्यमा नयाँ कीर्तिमान

      काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम...

  • २०८१ भाद्र ५, बुधबार

    स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच...

  • २०८१ भाद्र ५, बुधबार

    दुबईमा सम्पन्न बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता

    दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । सो समारोहमा विभिन्न जातिय खानपान, भेषभूषाहरुको प्रदर्शन, शुभकामना आदान प्रदानका साथै  मौलिक संस्कृति झल्काउने खालका नाचगान प्रस्तुत गरिएको थियो । विगतमा जस्तै यसपालि विश्व आदिवासी दिवस ११ वटा जातिय संस्थाहरुको छाता  संस्था नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन )...

  • २०८१ भाद्र ४, मंगलबार

    घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरु

    भक्तपुर, ४ भदौः भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ । सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज...

  • २०८१ भाद्र ४, मंगलबार

    नेवार समुदायमा जात्राको रौनक

      गण्डकी,पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ । गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा...

  • २०८१ भाद्र ४, मंगलबार

    सामूहिक भक्तिगान गर्दै मिथिलामा झुला पर्व मनाइयो

    महोत्तरी,साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ)मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन्...

  • २०८१ भाद्र ४, मंगलबार

    टिकटकमाथिको प्रतिबन्ध हटाउन तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं - सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो।  प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी...

  • २०८१ भाद्र ४, मंगलबार

    आज सापारू पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘सापारू’ (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।  एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी...

  • २०८१ भाद्र ३, सोमबार

    नेपालले भारतलाई बिजुली निर्यात गर्ने

    भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री...

  • २०८१ भाद्र ३, सोमबार

    आरजु राणाले भेटिन् भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो...

  • २०८१ भाद्र ३, सोमबार

    बङ्गलामुखीमा लागेको आगलागी नियन्त्रणमा

    ललितपुर - ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ ।  अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो । विद्युत सर्ट भएर सुरु भएको आगलागी ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेतको सक्रियतामा नियन्त्रण लिइएको हो । 

  • २०८१ भाद्र ३, सोमबार

    मनसुनी विपद्: पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म एक सय ९० जनाको मृत्यु

    काठमाडौँ, भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार काठमाडौँ...

Pages