-
२०८१ श्रावण ३२, शुक्रबार
गठ्ठाघर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
भक्तपुर- भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार छानबिन समिति गठन गरेको छ। बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी...
-
२०८१ श्रावण ३२, शुक्रबार
थामे बाढीमा एकजना बेपत्ता, दर्जन बढी घर बगायो
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन् भने दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, थामेस्थित भोटेकोसीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार...
-
२०८१ श्रावण ३२, शुक्रबार
गाईजात्राको अवसरमा वागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा
मकवानपुर - वाग्मती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रूपमा आएको अस्थायी दरबन्दी...
-
२०८१ श्रावण ३२, शुक्रबार
नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा
मध्यविन्दु, साउनः बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् । सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो ।...
-
२०८१ श्रावण ३२, शुक्रबार
सुनको मूल्य तोलामा नौ सयले घट्यो
काठमाडौँ,स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६०...
-
२०८१ श्रावण ३२, शुक्रबार
मिथिलामा गुञ्जदै झुला गीत
महोत्तरी, मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रोे) मा राखेर झुलाइन्छ । झुला पर्वमा गाइने...
-
२०८१ श्रावण ३२, शुक्रबार
नेपाल टेलिकमको सेवा आज राति चार घण्टा अवरुद्ध हुने
काठमाडौं - नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी...
-
२०८१ श्रावण ३२, शुक्रबार
गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने को हुन् ?
काठमाडौं - भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ब्यक्ति ओखलढुंगा जिल्लाको चिसंखुगढीका उत्तम कोइराला रहेको खुलेको छ। कौशलटारबाट गठ्ठाघरतर्फ जाँदै गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा बिहीबार कोइरालाको मृत्यु भएको हो। भयानक दुर्घटनाका कारण लास क्षत-विक्षत भएका कारण सुरुमा प्रहरीले महिलाको मृत्यु भएको अनुमान गरे पनि पछि सीसीटीभी फुटेजका आधारमा...
-
२०८१ श्रावण ३२, शुक्रबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घट्यो
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।
-
२०८१ श्रावण ३१, बिहिबार
ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पुरा
ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिन बिहिबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । सो पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार यो वर्ष भदौ ५ गते भाद्रकृष्ण गुंलागा द्वितीयाको दिन नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई...
-
२०८१ श्रावण ३१, बिहिबार
साफ यू–२० च्याम्पियनशिप दशरथ रंगशालामा नहुने, एन्फा कम्प्लेक्स सारियो
काठमाडौं - दशरथ रंगशाला मैदानको कमजोर अवस्थाका कारण साफ यू-२० च्याम्पियनसिप फुटबलका खेलहरु त्यहाँ नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्समा सारिएको जनाएको छ। यसअघि एएफसी च्यालेन्ज लिगको छनोट खेलमा मंगलबार नेपालको चर्च ब्वाइज र भुटानको पारोबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालाको मैदान हिलाम्ये बनेको थियो। साफ यू-२० च्याम्पियनसिपका खेलहरु आइतबारदेखि सुरु...
-
२०८१ श्रावण ३१, बिहिबार
जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रष्ट पारेका छन् । उनले भने, ‘पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् र एमालेमा प्रवेश गर्छन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’ पार्टी केन्द्रीय...


