STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ भाद्र १०, सोमबार

    नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

     काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा यसपटक प्रधानलाई स्थान दिइएको हो ।नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त...

  • २०८१ भाद्र १०, सोमबार

    भिक्षु गुणघोषमाथि सांघातिक आक्रमण

    धुलिखेल । नेपालका संघ उपनाक (दोस्रो ज्येष्ठ भिक्षु) गुणघोष महास्थविरमाथि धुलिखेलमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । धुलिखेलको पूर्वाराम बिहारमा रहनुभएका उहाँमाथि आक्रमण भएपछि बुद्धविहार भृकुटी मण्डपका प्रमुख भिक्षु कोण्डय महास्थविरले एक प्रेस विज्ञप्तिमार्फत यस घटनाको जानकारी दिनुभएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बुद्धभूमि नेपालका अत्यन्त सम्मानित नेपालकै दोस्रो ज्येष्ठ भिक्षु ८४...

  • २०८१ भाद्र ९, आइतबार

    चैत्यदेवी सिंह र विजयरत्न लगायतका व्यक्तित्वहरु सम्मानित

    नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गरेकी चैत्यदेवी सिंह र अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर सहित तीन दर्जन कलाकार, खेलाडी, उद्यमी र समाजसेवीलाई शनिवार एक समारोहका बीच लालीगुराँस सम्मान प्रदान गरिएको छ । लालीगुराँस कृयसन मिडिया नेपाल, तेजस्वी कला केन्द्र, अोजस्वी मल्टि मिडियाको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख आतिथ्यतामा एक भव्य...

  • २०८१ भाद्र ९, आइतबार

    माग बढेसँगै अण्डाको मूल्य बढाइयो

    चितवन - भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।  दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले...

  • २०८१ भाद्र ९, आइतबार

    भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

    काठमाडौं- भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्। ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतका विभिन्न अनलाइनहरूले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन्। एक किशोरसहित पाँच जनाको अवस्था...

  • २०८१ भाद्र ९, आइतबार

    भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

    काठमाडौं - साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो । नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा...

  • २०८१ भाद्र ९, आइतबार

    राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं- सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले...

  • २०८१ भाद्र ८, शनिबार

    सिद्धिदासको पालादेखि गरिएको संघर्ष अहिलेको प्रतिफल : मल्ल के. सुन्दर

    काठमाडौं - नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा बोेल्दै नेवाः अगुवा मल्ल के. सुन्दरले नेपालभाषाका महाकवि सिद्धिदास महाजुको पालादेखि...

  • २०८१ भाद्र ७, शुक्रबार

    संसदीय छानबिन समितिमा लामिछाने : सहकारीबाट कुनै पनि ऋण लिएको छैन

    काठमाडौं - पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कुनै पनि सहकारीको सदस्य नभएको र ऋणसमेत नलिएको दाबी गर्दै अरुले लिएको ऋणको जिम्मा लिन नसक्ने बताएका छन्।  सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले शुक्रवार लिएको बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको दाबी गरे। गोरखा मिडिया नेटवर्क प्रालि तत्कालीन प्रबन्ध निर्देशक...

  • २०८१ भाद्र ७, शुक्रबार

    आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते

    तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई दिनअघि (भदौ ५)...

  • २०८१ भाद्र ७, शुक्रबार

    पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

    काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त  नगर्न निर्देशन दिएको छ ।पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न  निर्देशन दिनुभएको हो ।पछिल्लो समय पार्टीका जिम्मेवार...

  • २०८१ भाद्र ७, शुक्रबार

    तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै

      तनहुँ,  जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा...

Pages