-
२०८१ भाद्र ३, सोमबार
हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
काठमाडौँ, हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । काठमाडौँमा कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ । गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि...
-
२०८१ भाद्र ३, सोमबार
जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप
मध्यविन्दु (नवलपरासी), पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ...
-
२०८१ भाद्र ३, सोमबार
मधेशमा राखीपर्व मनाइँदै
महोत्तरी, मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो । यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो...
-
२०८१ भाद्र ३, सोमबार
ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय
काठमाडौँ, किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् । उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा...
-
२०८१ भाद्र ३, सोमबार
मिथिलाक्षेत्रका शिवालयमा साउने मेला समापन हुँदै
महोत्तरी,शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ । चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज महोत्तरीको सुदूर उत्तरीक्षेत्रको चुरेस्थित टुटेश्वरनाथ मन्दिरमा...
-
२०८१ भाद्र ३, सोमबार
एआईबाट भिडियो बनाएर उपमेयर डंगोलको चरित्र हत्या गर्नखोज्ने पक्राउ
काठमाडौं - आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रयोग गरेर भिडियो बनाउँदै नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार, पक्राउ पर्नेमा बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीय रमेशबहादुर रावल छन् । अनुसन्धानबाट संलग्नता खुलेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको अर्यालले बताए । उनका...
-
२०८१ भाद्र २, आइतबार
सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उहाँहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै...
-
२०८१ भाद्र २, आइतबार
जनतामा जानुको विकल्प छैन : अध्यक्ष दाहाल
काठमाडौँ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष...
-
२०८१ भाद्र २, आइतबार
बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले
हेटौँडा, बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उहाँले यसअघि...
-
२०८१ भाद्र २, आइतबार
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
काठमाडौं - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्। उनी भिस्तारा एयरलाइन्सबाट आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सह-सचिव भृगु ढुंगानालगायत अधिकारीहरू छन्। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव...
-
२०८१ भाद्र १, शनिबार
भारतमा डाक्टरको बलात्कारपछि हत्या : देशभरका चिकित्सक विरोध प्रदर्शनमा
एजेन्सी - कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएको थियो। यो घटनाको विरोध गर्दै भारतभर शनिबार पनि चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसिएसनले कोलकाता घटनाको विरोधमा अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गर्ने निर्णय गरेको छ । सूचनामा आईएमएले लेखेको छ– 'हामीले अगस्ट १७ मा बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द...
-
२०८१ श्रावण ३२, शुक्रबार
थामे बाढी हिमताल विष्फोटबाट हुनसक्छ : मौसम विभाग
काठमाडौं - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गएको भीषण बाढी हिमताल विष्फोटका कारण हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विभागले थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा ६ वटा हिमतालहरू रहेको र त्यसमध्ये कुनै विष्फोट भएको हुनसक्ने अनुमान गरेको हो। विभागका अनुसार सो क्षेत्रमा गत साउन २५ गतेअघि ७ दिनमा ६५ मिमि पानी परेको अनुमान गरिएको छ। त्यसलगत्तै उक्त क्षेत्रको तापक्रम वृद्धि भएको विभागले...


