-
२०८१ भाद्र १२, बुधबार
नेपाल भाषा तथा सांस्कृतिक समाजको लाखे जात्रा सम्पन्न
फुङ्लिङ (ताप्लेजुङ) यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो । नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा विगत लामो समयदेखि सदरमुकाम फुङ्लिङमा नाच प्रदर्शन गर्दै आएको छ । मङ्गलबार दिनभर लाखे र कृष्णको लडाईंको खेल देखाएर राति १० बजे कृष्णले लाखेलाई...
-
२०८१ भाद्र ११, मंगलबार
सुदूरका बस्तीमा गुञ्जिए देउडा
दोधारा चाँदनी, कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरामहेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया ९गीतकार० मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै...
-
२०८१ भाद्र ११, मंगलबार
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
कुम्भराज राई “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है रु” ठूलो बुबाकी छोरी ९दिदी० को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको...
-
२०८१ भाद्र ११, मंगलबार
राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना
रामपुर, भदौ स् राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो । रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका...
-
२०८१ भाद्र ११, मंगलबार
गौरा पर्वको कार्यक्रममा नाराजुलुस
सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए। गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन्। नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए। सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर...
-
२०८१ भाद्र ११, मंगलबार
ओमानका विदेशमन्त्री काठमाडौंमा
काठमाडौं- ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपरान्ह उनी काठमाडौंम आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्। उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपालमा भ्रमणमा आएका हुन् । उनी भोलि नै स्वदेश फर्किने छन्। भ्रमणका दौरान दुवै देशका विदेश...
-
२०८१ भाद्र ११, मंगलबार
श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो। वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण...
-
२०८१ भाद्र १०, सोमबार
मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न
मिलाप फाउण्डेशनको अायोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध...
-
२०८१ भाद्र १०, सोमबार
थारु समुदाय अष्टिम्की पर्व मनाइँदै
थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरू साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई...
-
२०८१ भाद्र १०, सोमबार
वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण
काठमाडौँ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताउनुभएको छ ।बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ वसन्तनगरमा निर्मित मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज उद्घाटन गर्दै मन्त्री...
-
२०८१ भाद्र १०, सोमबार
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
राममणि सिटौलाआजभन्दा हजारौं वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको आराधना गरिन्छ ।अद्भुत कला, असीम पुरुषार्थ र परमार्थले भरिएका कृष्ण...
-
२०८१ भाद्र १०, सोमबार
प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।यस्तै...


