STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण २५, शुक्रबार

    तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति

      धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् । लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने...

  • २०८१ श्रावण २५, शुक्रबार

    नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य

      गण्डकी, पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको...

  • २०८१ श्रावण २५, शुक्रबार

    नेवार समुदायको सक्रियतामा भोजपुरमा लाखे नाच सुरु

    टक्सार (भोजपुर), स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु...

  • २०८१ श्रावण २५, शुक्रबार

    थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

      पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाइरहेका छन् । खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी...

  • २०८१ श्रावण २५, शुक्रबार

    आज नागपञ्चमी, नागपूजा गरिँदै

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको...

  • २०८१ श्रावण २४, बिहिबार

    दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

    दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको छ। यस निर्णयपछि नेपाली खेलप्रेमीहरूले फेरि रंगशालामा अन्तर्राष्ट्रिय खेलहरूको प्रत्यक्ष आनन्द लिन पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग एएफसीको आधिकारिक जवाफ माग गरेपछि दशरथ रंगशाला एएफसीको मापदण्डअनुसार योग्य रहेको प्रतिवेदन प्राप्त भएको हो। केही समयदेखि...

  • २०८१ श्रावण २४, बिहिबार

    एसईईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चितता गर्न ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी १०० दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख...

  • २०८१ श्रावण २४, बिहिबार

    ओलम्पिकमा अयोग्य ठहर भएपछि फोगटले लिइन् सन्न्यास

    काठमाडौं - पेरिस ओलम्पिक–२०२४ को स्वर्ण पदक भिडन्तअघि अयोग्य ठहर भएपछि भारतीय रेस्लर भिनेस फोगटले सन्न्यासको घोषणा गरेकी छन् ।  उनले बुधबार स्वर्ण पदकका लागि खेल्ने तालिका थियो । तर, खेलको केही समयअघि मात्रै ओलम्पिक कमिटीले फोगटको तौल बढी रहेको भन्दै अयोग्य ठहर गरेको थियो । फाइनलमा अमेरिकी रेस्लर सराह हिल्डेब्रान्ड्टसँग खेल्ने तय भए पनि १०० ग्राम तौल बढी पाइएपछि फोगटलाई अयोग्य घोषणा गरिएको हो । ...

  • २०८१ श्रावण २४, बिहिबार

    भलिबलकी कप्तान शाहीले भनिन्– एकदिन अवश्य सफल हुनेछन्

    काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरूणा शाहीले काभा नेसन लिग भलिबल, २०२४ को उपाधि जित्न नसकेकोप्रति दु:ख व्यक्त गरेकी छन् । बिहीबार राति फेसबुकबाट उनले समर्थकहरूलाई धन्यवाद आफूहरूमाथि भरोसा गरिरहन पनि दिएकी छन् । “यहाँहरूकै साथ, सहयोग र मायाको कारण आज हामीले आफूलाई खेलाडीको रूपमा परिचित हुन पाएका छौँ । हामीप्रति आशा र भरोसा राखेर हजारौँ शुल्क तिरेर खेल हेर्न र हामीलाई हौसला...

  • २०८१ श्रावण २४, बिहिबार

    युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ

    काठमाडौं - नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् । बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् । युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए । बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो । शपथ समारोहमा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, व्यापारी र पूर्वविपक्षी...

  • २०८१ श्रावण २४, बिहिबार

    काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई एक–एक लाख नगदसहित सम्मान

    काठमाडौं - काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।  महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।  नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली...

  • २०८१ श्रावण २३, बुधबार

    एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सवार पाँचैजनाको मृत्युु

    काठमाडौँ - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँचजनाको मृत्यु भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।  दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा...

Pages