-
२०७६ श्रावण १, बुधबार
दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा
दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका...
-
२०७६ श्रावण १, बुधबार
पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि...
-
२०७६ श्रावण १, बुधबार
नेपाल संवतका प्रणेता शंखधर र नेवाः अगुवा पद्मरत्नको शालिक राखिने
काठमाडौं महानगरपालिकाले शंघधर पार्क पहिले रत्नपार्क मा नेपाल संवतका प्रणेता शंखधर साख्वाः तथा नेवाः अगुवा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक राख्नको लागि बजेटका व्यवस्था गरेको छ । हिजो मंगलबार सम्पन्न भएको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा शालिक राख्नको लागि बजेटको व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाले शंखधर पार्कमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको शालिक राख्नको निम्ति यस वर्षको...
-
२०७६ श्रावण १, बुधबार
रानी–जमरा मूल नहरको परीक्षण
कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान ९इन्टेक०का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ ९गेट उचाल्ने र...
-
२०७६ श्रावण १, बुधबार
रोम विधान अनुमोदन गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानवअधिकार निगरानी समूह तनहँु शाखाले अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग सम्बन्धित रोम विधान अनुमोदन गर्न माग गरेको छ । उक्त विधान पारित गरिएको दिन १७ जुलाईको अवसरमा आज प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेकले दण्डहीनता संस्कृतिको अन्त्य गर्नका लागि उक्त विधान अनुमोदन गर्न माग गरेको हो । रोम विधान विश्वका १२२...
-
२०७६ श्रावण १, बुधबार
बोधिचित्त, फलफूलखेती प्रवद्र्धनमा जोड
तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त बुद्धचित्त माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई नयाँ आर्थिक...
-
२०७६ श्रावण १, बुधबार
महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई
व्यवसाय कर सङ्कलनमा सहयोग पु¥याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट...
-
२०७६ श्रावण १, बुधबार
छलिया र हुड्के नाचको माग बढ्दो
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के नाच नाच्ने गगने नेपालीले भन्नुभयो – “पहिला नाच...
-
२०७६ श्रावण १, बुधबार
तिलोत्तमा प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घ–संस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवाला सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आज नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गर्नुभएको हो । उहाँले सहभागीलाई...
-
२०७६ श्रावण १, बुधबार
छरुवा धान खेतीप्रति आकर्षण
कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो । “त्यही जग्गामा रोपाइँ...
-
२०७६ श्रावण १, बुधबार
सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति
सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उहाँहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख...
-
२०७६ श्रावण १, बुधबार
‘लापसे’ जाँच्न ‘किट’ को अभाव
जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन लापसे जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उहाँले भन्नुभयो, “स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।” ‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान हुने उहाँको भनाइ छ । गर्भ...


