STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ श्रावण १, बुधबार

    नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन

    नेपाल कम्युनिष्ट पार्टी नेकपा इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर राना र सचिव सोममाया राई सिन्धु सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई विजय, शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ । त्यस्तै सचिवालयको सदस्यहरुमा...

  • २०७६ श्रावण १, बुधबार

    बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

    राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र...

  • २०७६ श्रावण १, बुधबार

    ‘पेनगन’सहित एक पक्राउ

    एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ । पोखरामा पेनगनसहित पहिलोपटक एकजना पक्राउ परेका छन् । सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने...

  • २०७६ श्रावण १, बुधबार

    भारी वर्षाको सम्भावना कम

    मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन...

  • २०७६ श्रावण १, बुधबार

    ललितपुरको बजेट रु पाँच अर्ब ३१ करोड

    ललितपुर महानगरपालिकाको चांैथो नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो । सोमबार कार्यपालिका बैठक बसी ६६ नगर तथा २६ कार्यपालिका सदस्यद्वारा १० बँुदा संशोधन माग विषयक छलफलमा सहमति भएपछि रु १४ करोड २७ लाख २५ हजार थपी नीति तथा कार्यक्रम...

  • २०७६ आषाढ ३१, मंगलबार

    दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

    पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ ।...

  • २०७६ आषाढ ३१, मंगलबार

    आज गुरु पुर्णिमा

    गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वर गुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमहू अर्थात गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु । सबै संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर...

  • २०७६ आषाढ ३१, मंगलबार

    ४३ केजी लागुऔषध चरेससहित पक्राउ

    चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण...

  • २०७६ आषाढ ३१, मंगलबार

    चन्दका चार कार्यकर्ता पक्राउ

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य...

  • २०७६ आषाढ ३१, मंगलबार

    सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आनाकानी

    रुपन्देहीका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् । रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्थाको समूह सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं रोजगारदाताको वास्तविकता नबुझी सामाजिक सुरक्षा योजना ल्याएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए । उद्योगीले योगदानमा...

  • २०७६ आषाढ ३१, मंगलबार

    पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै...

  • २०७६ आषाढ ३१, मंगलबार

    रासायनिक मल नहुँदा किसान मारमा

    दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गर्नुभयो । उहाँले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान...

Pages