STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ३१, मंगलबार

    झडपमा पाँच सैनिक र एघार लडाकू मारिए

    अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सेनाको जाँचचौकीमा गएको राती रातभरी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको एक झडपमा परी पाँच सैनिक र ११ लडाकूको मारिएका छन् । ु पासतुन कोट जिल्लाको नजिर अबाद इलाकामा रहेको जाँचचौकीमा सशस्त्र लडाकू समूहले गरेको आक्रमणपछि सेनाले कारबाही शुरु गरेका सेनाका प्रवक्ता हानिफ रजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यस झडपमा परी चार सैनिक र सात लडाकू घाइते भएका...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्राकृतिक बहाव रोक्दा क्षति

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप¥यो । गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन् । विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ । दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले क्षति बेहोर्नुपरिरहेको...

  • २०७६ आषाढ ३१, मंगलबार

    मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

    जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं  बुढ्थापा र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ । नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    खर्कदेखि गोठसम्मको सहयोगी भोटे कुकुर संरक्षण गरिँदै

    सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । विश्वमा नै...

  • २०७६ आषाढ ३१, मंगलबार

    श्रावण २ र १० गतेको नेपाल बन्द फिर्ता !

    लोकसेवाको विज्ञापन असमावेशी भएको भन्दै संघषरत् आदिवासी जनजाति महासंघ एवं बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गैर्दै आइरहेको आन्दोलनको क्रममा आज मंगलबार काठमाडौंको विभिन्न क्षेत्रमा विरोध जुलुलका साथै माइती मण्डलामा सभाको आयोजना गरेको छ । उक्त सभामा सरकारले संविधानको भावना तथा मर्म विपरीत लोकसेवाको विज्ञापन सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै विरोध गरेको छ । सभामा बिभिन्न आदिवासी जनजाति नेताहरुले...

  • २०७६ आषाढ ३१, मंगलबार

    रोकिँदै, शुरु हुँदै विषादी जाँच

    सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

    मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती...

  • २०७६ आषाढ ३१, मंगलबार

    बौद्ध धर्मावलम्बीको वर्षावास शुरु

    बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा...

  • २०७६ आषाढ ३१, मंगलबार

    गाउँमा विकास सँगै रोजगारी

    मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिकजसो पदमार्ग निर्माणमा खटिनुहुन्छ । बरंजाको बाहुनपँधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि बजेट आएपछि सापकोटा मात्रै होइन गाउँका तीन दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माणको योजना अघि बढाइएको हो । मुलुक सङ्घीय संरचनामा रुपान्तरण भएसँगै विकास...

  • २०७६ आषाढ ३१, मंगलबार

    राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

    कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा...

  • २०७६ आषाढ ३१, मंगलबार

    काँक्रेविहारमा घोडा सफारी शुरु

    सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारमा घोडा सफारी शुरु गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयले काँक्रेविहार क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि घोडा सफारीको व्यवस्था गरेको हो । काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्र हो । यहाँ वर्षौं पुराना ढुङ्गाबाट बनेका कलात्मक मूर्तीहरुको अवलोकन गर्न पाइन्छ । तीनै मूर्तीहरु जोडेर पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण...

  • २०७६ आषाढ ३१, मंगलबार

    हतियारसहित तीन पक्राउ

    इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्् । इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद,...

Pages