STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ३१, मंगलबार

    असार सकियो, रोपाइँ सकिएन

    असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत...

  • २०७६ आषाढ ३१, मंगलबार

    आज साउने सङ्क्रान्ति

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महीनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो...

  • २०७६ आषाढ ३१, मंगलबार

    तीन दिने शर्ट फिल्म वर्कशप सम्पन्न

    नेपाल भाषाका चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाइटीको आयोजनामा असार २९ देखि( ३१गतेसम्मको तीन दिने वर्कशप मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार , चलचित्र वकास बोर्ड सह आयोजक रहेको सो वर्कशपमा अग्रज चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर ू असंबरेूले आदिवासीचलचित्रको इतिहास र विकासका साथै शर्ट फिल्ममा आदिवासी मुद्दा बारे प्रशिक्षण दिएका थिए । यस्तै गरी ओस्कार कलेज अफ फिल्म स्टडिजबाट...

  • २०७६ आषाढ ३०, सोमबार

    ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

    दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५÷७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी...

  • २०७६ आषाढ ३०, सोमबार

    गाँजाको बोट नष्ट

    सामुदायिक सेवा केन्द्र हेमजाले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुपदार्थ न्यूनीकरण गर्ने उद्देश्यले आइतबार यहाँको गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ । हेमजाको चाक्लेकुला, ढडालीथर र हनुमानचोकको राजमार्ग वरपरका क्षेत्रमा रहेको करीब चार क्विन्टल गाँजाको बोट नष्ट गरिएको सो सेवा केन्द्रका अध्यक्ष विष्णु बास्तोलाले जानकारी गराउनुभयो । हेमजाको अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने...

  • २०७६ आषाढ ३०, सोमबार

    अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

    चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् । विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् । बागबजारबाट निकालिएको ¥यालीले जिल्ला प्रशासन...

  • २०७६ आषाढ ३०, सोमबार

    इलाम दरबारमा अरनिको सङ्ग्रहालय

    आदिकवि भानुभक्त चार्यको २०६ आँै जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको आइतबार उद्घाटन गर्नुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त...

  • २०७६ आषाढ ३०, सोमबार

    दलित घरवास अनुसन्धानको केन्द्र बन्दै

    तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास होमस्टे आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडाँै, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको आँपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार दलित...

  • २०७६ आषाढ ३०, सोमबार

    निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

    बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको...

  • २०७६ आषाढ ३०, सोमबार

    ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

    गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ । यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको...

  • २०७६ आषाढ ३०, सोमबार

    ३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण

    यहाँका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक÷एक जना गरी कूल ३८ जनालाई मेशिन हस्तान्तरण गरिएको हो । महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तीन महीना तालीम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेशिन...

Pages