-
२०७६ आषाढ ३०, सोमबार
एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो ः सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “बाढी,...
-
२०७६ आषाढ ३०, सोमबार
अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई
इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । उहाँले भन्नुभयो– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ । हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अरुलाई होच्याउने काम छोड्नुपर्छ र...
-
२०७६ आषाढ ३०, सोमबार
शेयर बजार ः नेप्से पाँच अङ्कले बढ्यो
सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।०८ बिन्दुले बढेर एक हजार २५४।५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७१ बिन्दुले बढेर २७०।२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १७०...
-
२०७६ आषाढ ३०, सोमबार
पाताले छाँगोः लोभ्याउँदै पर्यटक
पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्को पल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजीकबाट नियाँलेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृश्यहरुले प्रदान गरेको छ । विशिष्ट प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्यमध्येको एक हो पाताले छाँगो । पोखरा महानगरपालिका–१७ स्थित छोरपाटनमा...
-
२०७६ आषाढ ३०, सोमबार
बागलुङमा टेलिकमको फाइबर सेवा शुरु
नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि ९तामाका तार० को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमीनमुनि र शाखा लाइनका रुपमा...
-
२०७६ आषाढ ३०, सोमबार
लोप भयो असारे मौलिक गीत
‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’।। धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् । पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै लोप हुन थालेको छ । ‘आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सी नि जानुछ, एकै र दिन...
-
२०७६ आषाढ ३०, सोमबार
हिंसाबारे सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्छ ः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतङ्कवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभएको छ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले आज सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई...
-
२०७६ आषाढ ३०, सोमबार
बाढीको त्रासले रातभर जाग्राम
जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी...
-
२०७६ आषाढ ३०, सोमबार
सेनाद्वारा बाढीपहिरो पीडित ७२३ को उद्धार
नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ । यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा...
-
२०७६ आषाढ ३०, सोमबार
सरकारको अनुदानलाई सेयरमा परिणत गर्न सकिँदैनः अध्यक्ष लक्ष्मीदास मानन्धर
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अब्बल संस्थानका रूपमा उभिएको छ । सु?का दिनमा नुनको मात्र कारोबार गर्ने संस्थानले अहिले दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, तेल, ग्यास, रासायनिक मल, चिनीलगायतको कारोबारसमेत गर्दै आएको छ । संस्थानमा सरकारको करिब २२ प्रतिशत र बाँकी निजी क्षेत्रका व्यवसायीको सेयर लगानी छ । बजारमा उपभोग्य वस्तुको अभाव वा मूल्य वृद्धि हुँदा सरकारी...
-
२०७६ आषाढ २९, आइतबार
अबिरल वर्षा परिरहेको मौका छोपी नौ पसलमा चोरी
अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल...
-
२०७६ आषाढ २९, आइतबार
बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा
नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो । पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर...


