STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ३०, सोमबार

    उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

    उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिनुभयो । सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ । तालिबान विद्रोहीहरुले सुरक्षा फौजलाई...

  • २०७६ आषाढ ३०, सोमबार

    सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट

    काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो । ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ...

  • २०७६ आषाढ ३०, सोमबार

    प्रतिनिधिसभाको बैठक स्थगन

    प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको...

  • २०७६ आषाढ ३०, सोमबार

    बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल

    सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।” प्रेस वक्तव्यमा उहाँले आ...

  • २०७६ आषाढ ३०, सोमबार

    आमालाई पोषण भत्ता, बालबालिकालाई पोशाक र झोला

    कपुरकोट गाउँपालिकामा सुत्केरीलाई पोषण भत्ता र बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ । आज कपुरकोट गाउँपालिका–५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो । सुत्केरी आमालाई पोषणको मात्रा पु¥याउनका लागि वडा कार्यालयले सुनौला हजार दिनभित्रका आमालाई जनही एक हजार ३०० का दरले पोषणभत्ता वितरण गरेको हो । पोषक तत्व कमी भएका सुत्केरी महिलालाई पोषण तत्व पूरा गर्नका लागि वडा...

  • २०७६ आषाढ ३०, सोमबार

    देह व्यापारको आरोपमा पक्राउ

    धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । होटलमा...

  • २०७६ आषाढ ३०, सोमबार

    दोहोरो सरकारी सेवा लिन नपाइने

    निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित सङ्घीय निजामती सेवा, गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा सो सहमति जुटेको हो । आजको बैठकमा दोहोरो निवृत्तिभरण लिन नपाइने विधेयकको बुँदामा सहमति जुटेको हो । बैठकमा निजामती सेवामा...

  • २०७६ आषाढ ३०, सोमबार

    तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा

    दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो । गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी...

  • २०७६ आषाढ ३०, सोमबार

    चार सय गैरसरकारी संस्था खारेज

     संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “...

  • २०७६ आषाढ ३०, सोमबार

    सन्तान आफ्नो हो होइन शङ्का गर्छन् आमाबाबु

    साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले...

  • २०७६ आषाढ ३०, सोमबार

    सातौँ धाम शैल्यशिखर पूजन जात्रा लाग्दै

    देशकै सातौँ धामका रूपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्राको यात्रा आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुनको पूजन जात्राको यात्रा आज बिहानदेखि आरम्भ भएको हो । दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर...

  • २०७६ आषाढ ३०, सोमबार

    असी प्रतिशत मुद्दा किनारा

    ललितपुरको पाटनस्थित उच्च अदालतको हेटौँडा इजलासले यो आर्थिक वर्षमा झण्डै ८० प्रतिशत मुद्दा किनारा लगाएको जनाएको छ । उक्त इजलासले यो वर्ष दर्ता भएका एक हजार ४५३ मुद्दामध्ये एक हजार १५५ मुद्दा किनारा लगाएको हो । उक्त इजलासले पुनरावेदन क्षेत्राधिकारअन्तर्गतका एक हजार २८६ मध्ये एक हजार ३४ शुरु क्षेत्राधिकारका ५५ मध्ये २८ र रिट निवेदनअन्तर्गतका ११० मध्ये ९३ मुद्दा किनारा लगाएको जनाएको हो । यसैगरी...

Pages