-
२०७६ आषाढ १०, मंगलबार
चिनियाँ कम्पनीलाई फाइभ–जीका २५ सम्झौता
चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ ।...
-
२०७६ आषाढ १०, मंगलबार
कुपण्डोल देखि मंगलबाजार सम्म साइकल लेन बनाइने
ललितपुर महानगरपालिकाले अब कुपण्डोल देखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । यस कार्यको प्रकिया सुरु भइ सकेको जानकारी मेयर चिरिबाबु मर्हजनले दिनु भएको छ । लेनको कामको लागि टेण्डर पनि खुलिसकके र चाडो काम शुरु गर्ने जानकारी मेयर द्धारा पाएको छ । साइकल बनाउनै को लागि महानगरले ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । सडकको छेउमा ९.२ मिटर क्षेत्रमा साइकल लेन बनाइने छ ।
-
२०७६ आषाढ १०, मंगलबार
प्रधानमन्त्री कप क्रिकेट ः सुदूरपश्चिम फाइनलमा
कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो । “वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।” प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो...
-
२०७६ आषाढ १०, मंगलबार
सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि
गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । अत्यधिक गर्मीका कारण सर्प बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेकाले बिरामी बढेका हुन् । डा ठाकुरका अनुसार अस्पताल...
-
२०७६ आषाढ १०, मंगलबार
हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको...
-
२०७६ आषाढ १०, मंगलबार
अन्तर्राष्ट्रिय उडान बढाउँदै निगम
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध...
-
२०७६ आषाढ ९, सोमबार
मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग
रामपुर नगरपालिका–८ बस्ने मिर्गौला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु ८८ हजार ८८८ रकम सहयोग गरेको हो । यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले रु १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु पाँच÷पाँच हजार सहयोग प्रदान गर्नुभएको छ । वडा नं...
-
२०७६ आषाढ ९, सोमबार
भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा
बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर...
-
२०७६ आषाढ ९, सोमबार
प्रधानमन्त्री रोजगार कार्यक्रम युवा वर्गमा अवसर र उत्साह
दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त हुनुभएको छ । सरकारले प्रधानमन्त्री...
-
२०७६ आषाढ ९, सोमबार
बन्दीपुरमा बसपार्क
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ । पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो । दिन प्रतिदिन पर्यटकको भीड बढ्दै गएकाले पार्किङको लागि सहज बनाउन १५ वर्षको लागि पाँच रोपनी जग्गा...
-
२०७६ आषाढ ९, सोमबार
दुर्घटनामा वृद्धको मृत्यु
महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी...
-
२०७६ आषाढ ९, सोमबार
जिल्ला अस्पताल सञ्चालन
बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो । मृतक बालिकाका...


