-
२०७६ आषाढ १०, मंगलबार
सौर्यबत्ती वितरण अभियान
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ । निस्दी ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी २ सहलकोटमा पनि वितरण गरेको छ । सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका...
-
२०७६ आषाढ १०, मंगलबार
सिरिञ्ज आक्रमण घटना रोक्न माग
सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल...
-
२०७६ आषाढ १०, मंगलबार
संसद्मा ‘गलबन्दी च्यातियो गीतको चर्चा
प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा...
-
२०७६ आषाढ १०, मंगलबार
प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन ः बजेट फ्रिज हुने अवस्थामा
पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ । चालू आर्थिक...
-
२०७६ आषाढ १०, मंगलबार
मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो
गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो । बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर...
-
२०७६ आषाढ १०, मंगलबार
कारागारले बस्तीमा जोखिम
मानव वस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती बढ्दै गएको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । नेपालगञ्ज शहर विस्तार हुने क्रमसँगै कारागार क्षेत्र बाहिर मानव वस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगञ्जको ठीक बीच भागमा...
-
२०७६ आषाढ १०, मंगलबार
रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो । कजाखिस्तानको झेखाजगान शहर नजिक अन्तरिक्ष यात्रीहरु सकुशल अवतरण गरेका थिए । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष...
-
२०७६ आषाढ १०, मंगलबार
ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताउनु भएको छ । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट गर्नुभयो । यसअघि...
-
२०७६ आषाढ १०, मंगलबार
कम्बोडियालाई बारुदी सुरुङ हटाउने उपकरण सहयोग
सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ । चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर, बारुदी सुरुङ विस्फोटबाट हुनसक्ने क्षतिबाट बचाउन विशेष कपडा र हेल्मेट, भ्यान, मोटरसाइकल समेत रहेका छन् । कम्बोडियाका लागि चीनका राजदूत वाङ वेन्टियानले ती उपकरण कम्बोडियाली अधिकारीहरुलाई...
-
२०७६ आषाढ १०, मंगलबार
कला र संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन
बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन ९होमस्टे०ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याएका छन् । घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो । विभिन्न जातजाति तथा समुदायको...
-
२०७६ आषाढ १०, मंगलबार
नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो
राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो । सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा...
-
२०७६ आषाढ १०, मंगलबार
पूर्वी भारतमा सडक दुर्घटना छको मृत्यु ४५ घाइते
भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । बस मङ्गलबार एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ । झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानमा...


