-
२०७६ जेठ २०, सोमबार
विश्वकप क्रिकेट, पाकिस्तानको पहिले ब्याटिङ
इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ । इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले...
-
२०७६ जेठ २०, सोमबार
गोसाइँकुण्ड मेला मङ्गलबारदेखि
गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ । सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल...
-
२०७६ जेठ २०, सोमबार
छायानाथमा पूर्वाधार अभाव
मुगु जिल्लाको तीर्थस्थल छायानाथमा विस्तारै तीर्थालु बढे पनि भौतिक पूर्वाधारको विकास नहुँदा भक्तजनलाई भने तीर्थयात्रा निकै कठिन र सकसपूर्ण बन्ने गरेको छ । विकास र प्रचारप्रसारको अभावले पछि परेको धार्मिक महत्वको छायानाथ तीर्थस्थल समुद्र सतहदेखि करीब पाँच हजार मिटरको उचाइमा छ । अरु बेला हिउँ जम्ने र अत्यन्तै चिसो हुने भएकाले जनैपूर्णिमाको अवसरमा मात्र यहाँ मेला लाग्छ । शिवले सतीदेवीको मृत शरीर...
-
२०७६ जेठ २०, सोमबार
अपाङ्गता भएकालाई पाँच प्रतिशत आरक्षण माग
राष्ट्रिय अपाङ्गता महासङ्घ, नेपालले निजामति सेवाका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा अपाङ्गता भएका व्यक्तिलाई उचित आरक्षण नदिएकोमा चिन्ता व्यक्त गरेको छ । आयोगको यही जेठ १५ गतेको सूचनामा कूल नौ हजार १६१ कर्मचारी मागिएकामा तीन जना मात्र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण दिइएकाले सो चिन्ता व्यक्त गरिएको हो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश लामाले आज जारी गर्नुभएको विज्ञप्तिमा विज्ञापनको...
-
२०७६ जेठ २०, सोमबार
कानूनका छात्रालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानूनका हरेक विषय मानव अधिकारसँग सम्बन्धित हुने भएकाले कानून व्यवसायीले आफ्ना क्षेत्रमा मानवाधिकारका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ । नेशनल ल कलेजको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शर्माले हाल उद्यमी तथा व्यवसायीले आफ्नो व्यवसाय र मानवाधिकार सम्बन्धका विषयमा पनि छलफल आरम्भ गरेको...
-
२०७६ जेठ २०, सोमबार
युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र ...
-
२०७६ जेठ २०, सोमबार
डोटी समाचारः वृद्धभत्ता बढ्दा खुशीयाली
ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी भएका हुन् । दिपायल सिलगढी नगरपालिका–४ गैरागाउँकी ६७ वर्षीया देवादेवी कामी खुशी हुँदै भनिन्, “ कमाउने उमेर नभएका ज्येष्ठ नागरिकलाई यसले ठूलो सहयोग पुग्नेछ ।” देवाको घरमा कमाउने उमेरका...
-
२०७६ जेठ १९, आइतबार
आगलागीमा पाँच घर जलेर नष्ट
सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट हुँदा करीब रु सात...
-
२०७६ जेठ १९, आइतबार
‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’
जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताउनुभएको छ । शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका साथ संस्कृत शिक्षा अनिवार्य किन रु’ विषयक अन्तरक्रिया कार्यक्रममा डा पोखरेलले संस्कृतले...
-
२०७६ जेठ १९, आइतबार
दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित
विश्व दुग्ध दिवसको अवसरमा पोखरामा शनिबार कृषक र सञ्चारकर्मी सम्मानित भएका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पोखरामा क्रियाशील युवा पत्रकार सन्देश श्रेष्ठलाई नगद रु ११ हजार १११ तथा सम्मानपत्रसहित सम्मान गरेको हो । नागरिक दैनिकमा कार्यरत श्रेष्ठले किसानको पक्षमा कलम चलाएर कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गरेकाले सम्मान गरिएको समाजका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले...
-
२०७६ जेठ १९, आइतबार
अपाङ्ता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित
पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण...
-
२०७६ जेठ १९, आइतबार
पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो । प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्रसहित रु ५० हजार पुरस्कार प्रदान गरेको छ । विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा...


