-
२०७६ जेठ २०, सोमबार
उपसभापति निधि डेनमार्क प्रस्थान
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी डीआइपीडी को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले त्यहाँका...
-
२०७६ जेठ २०, सोमबार
मिथिलानी वरसाइत् पर्व मनाउँदै
मिथिलाका विवाहित महिलाले वरसाइत् वटसावित्री पर्व धुमधामका साथ मनाइरहेका छन् । जेठ औँशीका दिन आज सोमबार अटल शौभाग्यको कामना गर्दै विवाहित मिथिलानी मिथिलाका महिला आज व्रत बसेका हुन् । यो पर्व अब भोलि बिहान सूर्योदयसँगै समापन गरिनेछ । सत्ययुगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँशीका दिन अटल शौभाग्यको वरदान पाएकी विश्वासका आधारमा यो पर्व मनाउने गरेको मैथिल परम्परा छ । जेठ कृष्ण...
-
२०७६ जेठ २०, सोमबार
समाजले स्वीकार गरेन तेस्रोलिङ्गीलाई
परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो । सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि...
-
२०७६ जेठ २०, सोमबार
बजेट सच्याउन सांसदको माग
प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट त्रुटिपूर्ण भएको उहाँले बताउनुभयो । डा रिजालले आर्थिक वर्ष २०७६÷०७७ का लागि पेश भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले...
-
२०७६ जेठ २०, सोमबार
प्रअलाई मातृभाषा सिकाइँदै
पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो । भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती...
-
२०७६ जेठ २०, सोमबार
अन्तर्राष्ट्रिय सुटिङ रेञ्ज बनाउन जग्गा माग
नेपाल सुटिङ सङ्घले अन्तर्राष्ट्रियस्तरको सुटिङ रेञ्ज निर्माणका लागि टीकापुर नगरपालिकासँग जग्गा माग गरेको छ । नगरपालिका क्षेत्रभित्र जग्गा उपलब्ध भए उक्त रेञ्ज निर्माण गरिने पत्र सङ्घले नगरपालिकालाई पठाएको हो । ‘‘टीकापुरलाई सुटिङस्थल बनाउन सकिने सम्भावना छ । यहाँ जग्गा पनि अभाव छैन ।’’सङ्घका सचिव प्रदीप खातीले भन्नुभयो, ‘‘हामीलाई एक बिघा जग्गा आवश्यक छ, नगरपालिकाले दिएमा हामी यही लगानी गर्छौ...
-
२०७६ जेठ २०, सोमबार
आधा दर्जन सरकारी कार्यालय पुनःस्थापना भएनन्
सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन...
-
२०७६ जेठ २०, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुग्नु भएको छ । लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गर्नुभएको छ । बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ । राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्नुहुने राजकीय रात्रिभोजमा...
-
२०७६ जेठ २०, सोमबार
सिरिया कारबम विस्फोटमा १९ को मृत्यु
विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् । आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी...
-
२०७६ जेठ २०, सोमबार
दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो
दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद...
-
२०७६ जेठ २०, सोमबार
मुख्यमन्त्री परीक्षण कार्यक्रम सफल हुँदै
प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै गएको छ । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले लागू गरिएको उक्त कार्यक्रमको चैत १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो...
-
२०७६ जेठ २०, सोमबार
बागलुङसँग सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायी इच्छुक
पर्यटकीय शहर पोखरा, बागलुङदेखि ७२ किलोमिटर दूरीमा छ । नेपाल भित्रनेमध्ये आधा पर्यटक घुम्नलाई पोखरा आउँछन् । नेपालीले पनि घुम्नैपर्ने गन्तव्यका रुपमा पोखरालाई लिइएको छ । पोखरा आउने पर्यटक कोही अन्नपूर्ण चक्रिय पदमार्गमा निस्कन्छन् । केहीले मुस्ताङको यात्रा तय गर्छन् । पोखरा आसपासका गन्तव्यमा भुल्ने पनि उत्तिकै हुन्छन् । पोखरा पर्यटकले भरिभराउ हुँदा नजिकको बागलुङ भने बेखबर बन्छ । पोखराले पर्यटक...


