-
२०७६ जेठ १९, आइतबार
तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनुभयो । वाम चुनावी...
-
२०७६ जेठ १९, आइतबार
कार्यान्वयनमा उतार्न सुझाव
आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेट आर्थिक समृद्धि हासिल गर्न आएको हुँदा यसलाई कार्यान्वयनमा उतार्न सरकारलाई सुझाव दिइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमाथि टिप्पणी गर्दै सत्तारुढ सांसदले बजेटले ज्येष्ठ नागरिक भत्ता वृद्धि, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा बजेट वृद्धि सकारात्मक भएको बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले बजेट...
-
२०७६ जेठ १९, आइतबार
कार बम विस्फोटनमा आठको मृत्यु
प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९।५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् । विस्फोटन गराइएको...
-
२०७६ जेठ १९, आइतबार
हुलाकी राजमार्गः प्रभावकारी कार्यान्वयन होस्
तराई–मधेशको आर्थिक विकास र सहज यातायातका लागि अगाडि सारिएको हुलाकी सडकको निर्माणकार्य प्रभावकारी हुन नसक्दा यसबाट अपेक्षित लाभ लिनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले गति लिन नसक्दा यसले सरकारलाई मात्रै होइन, स्थानीयवासीलाई समेत आहत तुल्याएको हो । हुलाकी सडकको निर्माण कार्यलाई छिटो, छरितो र प्रभावकारी रुपमा सम्पन्न गराउनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा...
-
२०७६ जेठ १९, आइतबार
अब छात्राहरुले आफै प्याड बनाउने
मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो । विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाउनुभएको थियो । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा...
-
२०७६ जेठ १९, आइतबार
रानीमहल बचाउन आग्रह
‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने...
-
२०७६ जेठ १९, आइतबार
अनुदान दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो । सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न...
-
२०७६ जेठ १९, आइतबार
जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने
जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र...
-
२०७६ जेठ १९, आइतबार
इटाहा क्षेत्र पर्यटकको पखाइमा
चराहरुको चिरबिर आवाजसँगै जङ्गली जनावर नजीकैबाट अवलोकन गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । दोदा नदीको हरियो फाँटले आगन्तुकलाई यस्तै आनन्द दिन्छ । तीनतर्फ घना जङ्गलले घेरिएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ को सीमा क्षेत्रमा पर्ने इटाहा क्षेत्रको अवलोकन गर्नेले यसको ऐतिहासिकतासँगसँगै मनोरम दृश्यको स्वाद लिन पाउँछन् । मानव कोलाहलबाट टाढा एकान्तमा रम्नेहरुका लागि इटाहा...
-
२०७६ जेठ १९, आइतबार
नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्
नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् । नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । ८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ । स्वर्गीय प्रथमाञ्जलि...
-
२०७६ जेठ १९, आइतबार
‘डम्बर राष्ट्रिय संस्कृति पुरस्कार’ गुरुङलाई
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा जगमान गुरुङलाई ‘डम्बर संस्कृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । संस्कृति संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले गुरुङलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि रु ७५ हजार छ । शनिबार यहाँ आयोजित पुरस्कार समर्पण समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुरुङलाई नगदसहित पुरस्कारको प्रमाणपत्र...
-
२०७६ जेठ १९, आइतबार
देवकोटाको खण्डकाव्यको विमोचन
मोफसलका कवि आरके देवकोटाद्वारा लिखित खण्डकाव्य ‘भूत, भविष्य, वर्तमान’ बजारमा आएको छ । कवि देवकोटाको सो पहिलो कृति भेरी साहित्य समाज जिल्ला समितिले प्रकाशन गरेको हो । उक्त कृतिमा नेपाली समाजको परम्परागत जीवनशैली, आधुनिक जीवनशैली र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चित्रण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा कथाकार सनत रेग्मीले सो कृति लोकार्पण गर्दै नेपाली साहित्यलाई...


