-
२०७६ जेठ १९, आइतबार
अध्यक्ष दाहालद्वारा मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने...
-
२०७६ जेठ १९, आइतबार
संरक्षण नहुँदा सङ्कटमा पर्दै छतिवन ताल
सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन सङ्कटमा...
-
२०७६ जेठ १९, आइतबार
सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर...
-
२०७६ जेठ १९, आइतबार
पहिलो शैक्षिक महोत्सव सम्पन्न
मुलुकको विकास र समृद्धिको लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेकाले स्थानीय तहले समेत शिक्षा नीति बनाउँदा उपयोगी र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माविद्वारा आयोजित जिल्लामै पहिलो शैक्षिक महोत्सवका अवसरमा आयोजित ‘बृहत् शैक्षिक बहस’ कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँले स्थानीय स्रोत साधनलाई सदुपयोग गर्ने लक्ष्यसहित शिक्षाको...
-
२०७६ जेठ १९, आइतबार
वृक्षरोपण
सामुदायिक वन उपभोक्ता महासङ्घको २४औँ स्थापना दिवसको उपलक्ष्यमा छहरेपानी सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ अर्मलामा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, पोखरा नगर, जिल्ला डिभिजन वन कार्यालयद्वारा संयुक्तरूपमा आयोजित वृक्षरोपन कार्यक्रममा ५०० तेजपातका बिरुवा रोपिएको थियो । उक्त बिरुवा जिल्ला डिभिजन वन कार्यालयबाट निःशुल्क रुपमा उपलब्ध गराइएको...
-
२०७६ जेठ १९, आइतबार
वार्षिक अङ्कमा तलमाथि परेको छैन ः अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “उपकरणले...
-
२०७६ जेठ १९, आइतबार
दोस्रोपटक आँखा देख्न पाएकामा खुशी
छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो । आँखा देख्न सकेको खुशीयालीमा घर...
-
२०७६ जेठ १९, आइतबार
सम्पदा उत्खनन ः ढुङ्गाको गारो भेटियो
पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुङ्गाको गारो भेटिएको छ । पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन कार्य शुरु गरिएको छ । उत्खननका क्रममा २४ इन्चका गारो भेटिएको हो । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खननका क्रममा ढुङ्गाको गारोको केही भाग भेटिएको जानकारी दिनुभयो । उहाँले...
-
२०७६ जेठ १९, आइतबार
नेपाल चलचित्र कलाकार सघंको २५ गते निर्वाचन हुने
नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन...
-
२०७६ जेठ १९, आइतबार
तिरस्कार झेल्दै विदेशबाट फर्किएका महिला
वैदेशिक रोजगारीका लागि श्रीमान्कै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा नाम परिवर्तन अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमान्ले नै उनलाई विदेश पठाएका थिए । विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमान्बाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो...
-
२०७६ जेठ १९, आइतबार
निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक
तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था...
-
२०७६ जेठ १९, आइतबार
विद्युतीय नागरिक बडापत्र सञ्चालनमा
जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक वडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि नागरिकले...


