STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १९, आइतबार

    हतियार प्रहार गर्ने पक्राउ

    जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् । उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए ।...

  • २०७६ जेठ १९, आइतबार

    इतिहास नमेटाउन माग गर्दै ज्ञापनपत्र

    समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् ।    विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र यहाँ आउँदा सिमेन्टको कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरिएको थियो । सोही स्तम्भ जीर्ण भएको भन्दै गाउँपालिकाले भत्काएर नयाँ बनाउन लागेपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् ।...

  • २०७६ जेठ १९, आइतबार

    पातका टपरी हराउन थाले

    सालको पात टपरी हुनी, नहुनी सल्लैको  तिम्रो माया छ कति कति, नलाग पछि हल्लैको कुलेन्द्र विश्वकर्मा र विष्णु माझी बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र  दुना अहिले प्रायः देख्न नपाइने भइसकेको छ । प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले...

  • २०७६ जेठ १९, आइतबार

    जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।    मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।” मन्त्री अर्यालले भष्टाचार बढी हुने भएर नापी र मालपोत कार्यालयका...

  • २०७६ जेठ १९, आइतबार

    चार देशका टुर व्यवसायीबीच छलफल

    पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गणतव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस बिटुबी व्यवसायीक छलफल आज यहाँ सम्पन्न भएको छ ।   नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो ।    सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत...

  • २०७६ जेठ १९, आइतबार

    चिनियाँ संस्थाबाट दशकोठे भवन हस्तान्तरण

    चीनको बाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था सिएफपिए ले सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमलाई दशकोठे भवन हस्तान्तरण गरेको छ ।  लामो समयदेखि गुठीका नाममा सञ्चालित उक्त विद्यालयमा २०७२ सालको भूकम्पपछि कक्षाकोठाको अभाव हुँदै आएको थियो ।  सो विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्थालाई ध्यान राखी भवन बनाइएको सफा सुनौलो नेपालका पूर्वअध्यक्ष राजेश हमालले जानकारी दिनुभयो ।  ...

  • २०७६ जेठ १९, आइतबार

    किसानको रोजाइ पावर टिलर

    विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ ।  कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायति हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन...

  • २०७६ जेठ १९, आइतबार

    धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति

    पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ ।  नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर...

  • २०७६ जेठ १९, आइतबार

    शेयर बजार ः दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३।७९ बिन्दुले घटेर एक हजार ३०५।६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।०३ बिन्दुले घटेर २७८।१२ मा झरेको छ ।  स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री...

  • २०७६ जेठ १९, आइतबार

    सिरियामा इजरायली आक्रमण, दश जना मारिए

    इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई...

  • २०७६ जेठ १९, आइतबार

    योङहाङका हत्यारा पक्राउ

    हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आज पक्राउ गरिएको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए...

  • २०७६ जेठ १९, आइतबार

    नमूना कृषि गाउँ बनाइँदै

    पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो । नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको गाउँमा तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँट रहका छन् । नमूना कृषि गाउँ बन्नेभएपछि त्यहाँका किसान उत्साहित...

Pages