-
२०७६ जेठ ९, बिहिबार
बालीघरे प्रथाविरुद्ध अभियान
परम्परागत बालीघरे प्रथा हटाउन काठेखोला गाउँपालिकाका दलित समुदायले अभियान थालेका छन् । आगामी पुसभित्र काठेखोलालाई बालीघरे प्रथामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । ‘दलित बालीघरे प्रथाविरुद्ध साझा अभियान’ सञ्चालन गरिएको दलित अगुवाले जनाएका छन् । दलित समुदायलाई सशक्त र सङ्गठित गर्न अभियान थालिएको हो । बालीघरे प्रथाविरुद्ध जागरण अभियान चलाउन गाउँ कार्यपालिका सदस्य सुन्तली विकको अध्यक्षतामा...
-
२०७६ जेठ ९, बिहिबार
हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढे १२ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताउनुभयो । ३३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने भए पनि अझै साढे...
-
२०७६ जेठ ९, बिहिबार
लामखुट्टेबाट जोगिन झूल वितरण
तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो । परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो । झूल वितरण गर्दै उपमहानगरपालिकाका...
-
२०७६ जेठ ९, बिहिबार
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
निर्माण कम्पनीले गरेको ६ बँुदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताउनुभयो । सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख...
-
२०७६ जेठ ९, बिहिबार
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो । उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, गुल्मी,...
-
२०७६ जेठ ९, बिहिबार
नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन
नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड ९फोहर प्रशोधन केन्द्र० को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो । “अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”,...
-
२०७६ जेठ ९, बिहिबार
नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक
पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारले प्रदेशका ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक...
-
२०७६ जेठ ९, बिहिबार
कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ जेठ ९, बिहिबार
वालिङले थाल्यो नमुना अभ्यास
स्याङ्जाको वालिङ नगरपालिकाले बृहत् योजना तर्जुमाका लागि नमूना अभ्यासको थालनी गरेको छ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत् योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको हो । कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो । नगर कार्यपालिका वा गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु आफै बढी सक्रिय भएर नगरपालिका तथा...
-
२०७६ जेठ ९, बिहिबार
पुष्पलाल स्मृति भवन निर्माण गरिँदै
चौदण्डीगढी नगरपालिकाको वडा नं ६ स्थित बेल्टार बजारमा पुष्पलाल स्मृति बहुउद्धेश्यीय भवन निर्माण गर्न लागिएको छस्थानीयवासी शम्भु पौडेलले प्रदान गर्नुभएको एक कठ्ठा जग्गामा उक्त भवन निर्माण गर्न लागिएको होे । प्रदेश नं १ का सांसद बिमल कार्कीले उपलब्ध गराउनुभएको संसदीय कोषको रु २५ लाख र बाँकी प्रदेश सरकारको पहलमा झण्डै रु ६० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएकोे भवन निर्माण समितिका अध्यक्षसमेत...
-
२०७६ जेठ ९, बिहिबार
झापाको बाहुनडाँगीस्थित चिया बगानमा चार हात्ती
झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका...
-
२०७६ जेठ ९, बिहिबार
आठ डाँका पक्राउ
हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको विहारबाट भारतीय नंं प्लेटको २ मोटरसाइकल तथा एक स्कुटरमा आठ...


