STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ९, बिहिबार

    चौतारीको संरक्षणमा जुटे स्थानीवासी

    स्थानीय समाजसेवी ऐशनारायण श्रेष्ठले सङ्खुवासभा चैनपुरस्थित जिरोप्वाइन्टमा रहेको बरपिपल संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा रहेका चौतारी मासिँदै गइरहेको बेला चैनपुरको मुटुमा रहेका चौतारीले भने संरक्षक भेट्टाएको छ । आफ्ना बुबाआमाको सम्झनामा रोपिएको बरपिपलमुनि सडक निर्माण र अन्य कारणबाट भत्किएको चौतारीलाई पुनःनिर्माण गर्दै आरामदायी फलामे फलैँचा राखेर प्रतिक्षालयको रूपमा चौतारीलाई रूपान्तरण गरिएको...

  • २०७६ जेठ ९, बिहिबार

    अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’को चर्चा

    कुकुरका लागि मानिस साथी र रक्षक दुबै हो । घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने काममा समेत कुकुरको प्रयोग हुँदै आएको छ । विश्वमा प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कुकुरको सहयोगका कारण ठूला ठूला अपराधमा संलग्न हुनेहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् । अन्य मुलुकको जस्तै नेपालमा पनि प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिईदै आएको छ । कतिपय अवस्थामा अनुसन्धान अधिकृतले...

  • २०७६ जेठ ९, बिहिबार

    रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

    दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी...

  • २०७६ जेठ ९, बिहिबार

    अध्यक्ष रेग्मी धरौटीमा रिहा

    उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी...

  • २०७६ जेठ ९, बिहिबार

    भारतमा मतगणना जारी, प्रारम्भिक रुझान सत्तारुढ गठबन्धनतर्फ

    भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ । भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन एनडीए ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन युपिए ले १०० स्थानको हाराहारीमा मात्र अग्रता...

  • २०७६ जेठ ९, बिहिबार

    सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

    सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो । यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको...

  • २०७६ जेठ ९, बिहिबार

    “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी

    पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा आकर्मण गर्ने क्रममा कीर्तिपुरमा हमला गर्दा त्यहाँ कीर्तिलक्ष्मी नाम गरेकी वीरांगनाले देखाएको वीरताको कथामा आधारित नेपाली चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी आउदो असार १३ गते बाट देशभर प्रदर्शन गर्ने मिति तय गरिएको छ । यसै क्रममा साहित्यकार बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित सो कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि...

  • २०७६ जेठ ९, बिहिबार

    पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

    चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ । विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ । यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ । अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि...

  • २०७६ जेठ ९, बिहिबार

    फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए– राष्ट्रसंघ

    लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ । लिबियाका लागि राष्ट्रसंघीय सहयोग मिसन अन्समिल का अनुसार हिंसाका कारण १२ जना पुरुष, चार जना महिला र चार जना बालबालिकाको ज्यान गएको छ । घाइते हुनेमा अधिकांश पुरुष छन् । अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको...

  • २०७६ जेठ ९, बिहिबार

    किसान हत्याको छानबिन गर्न आदेश

    नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । काटसिनाको बाटसारी गाउँमा मङ्गलबार बिहान बन्दुकधारीले स्थानीय गाउँलेको हत्या गरेका थिए । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा राष्ट्रपति बुहारीले कृषकमाथि भएको निर्मम आक्रमणको छानबिन गरी कारबाहीको...

  • २०७६ जेठ ९, बिहिबार

    गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ ः मन्त्री केसी

    कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ ।  आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो । “हामी गरीब र भूमिहीनहरुको पक्षमा नीति तथा...

  • २०७६ जेठ ९, बिहिबार

    वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा विकासका काम प्रभावित

    प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा डडेल्धुरामा कतिपय विकास निर्माणका काममा अवरोध सृजना भएको छ ।  प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा विशेषगरी वनजङ्गल भएको क्षेत्रमा विकास निर्माणको काममा समस्या उत्पन्न भएको हो ।  डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्मको ३२ केभी विद्युत् प्रसारण लाइन जङ्गलका कारण विस्तार हुन नसकेको...

Pages