-
२०७६ जेठ १०, शुक्रबार
‘मोयाकै नाम प्यारो’ बजारमा
‘राम्रो फूल गाउँमै फूले त गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आउनुभएको छ । गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियोमा गायिका पन्तले स्वर दिनुभएको छ । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनका साथै रमेशबाबु र सुप्रिया रानाको अभिनय छ । विश्वास...
-
२०७६ जेठ १०, शुक्रबार
राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा
नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन । लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण...
-
२०७६ जेठ १०, शुक्रबार
आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै
नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो...
-
२०७६ जेठ १०, शुक्रबार
पाल्पालीको मौरी मोह
पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो । विभिन्न स्थानीय तहले अनुदानमा मौरीको घार वितरण गर्ने भएका कारणमा पनि यसमा कृषकको आकर्षण बढेको छ । निस्दी गाउँपालिकाले अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् । कृषि शाखा संयोजक नवराज घिमिरेले कृषकलाई...
-
२०७६ जेठ १०, शुक्रबार
‘दफ्टर क्लब’ भवन शिलान्यास
काठमाडौँ महानगरपालिका–२३ दफ्टर टोलमा ‘दफ्टर क्लब’ भवन निर्माणको शिलान्यास गरिएको छ । काठमाडौँ क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको उक्त दुईतले भवन चालू आवभित्र तयार गरिनेछ । भवन रु २० लाखको लागतमा ज्येष्ठ नागरिकमैत्री भवन निर्माण गरिनेछ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवनको शिलान्यास गर्दै क्लब भवन सबैको साझा स्थल भएको हँुदा सामाजिक...
-
२०७६ जेठ १०, शुक्रबार
विभिन्न जातका फलफूलका बिरुवा वितरण
बढ्दो बसाइँसराइको क्रमले खाली देखिएको गाउँमा नै रोजगारीका अवसर र आयआर्जनमा सहयोग पुग्ने गरी कास्कीको रुपा गाउँपालिकाले जनतालाई फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ । गाउँका बाँझो जग्गालाई सदुपयोग गरी किसानको आयआर्जनमा सहयोग प¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवा लगाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । शुरुमा गाउँपालिकाका सात वटा वडाको माटो परीक्षण गरेर...
-
२०७६ जेठ १०, शुक्रबार
७९ उद्योगमाथि मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट,...
-
२०७६ जेठ १०, शुक्रबार
ब्लास्ट रोगका कारण धानखेती सखाप
झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर आउनासाथ कृषि ज्ञान केन्द्र झापाले प्राविधिक टोली त्यसतर्फ पठाइसकेको र गाउँपालिकाको स्थानीय कृषि विकास...
-
२०७६ जेठ १०, शुक्रबार
ट्रक दुर्घटनाका मृतक सबैको सनाखत
सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताउनुभएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...
-
२०७६ जेठ १०, शुक्रबार
असिनाले करोडौं मूल्यका बाली नष्ट
लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिनुभयो । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताउनुभयो । उहाँले...
-
२०७६ जेठ १०, शुक्रबार
उत्पादनका आधारमा अनुदान दिन निर्देशन
गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको उपस्थितिमा उक्त समितिले कृषि मन्त्रालयको अहिलेको अनुदान दिने प्रक्रिया वितरणमुखी भएकाले यसलाई रोक्न मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले काम, क्षमता र उत्पादनका आधारमा प्रतिफल दिने गरी मात्र सरकारले अनुदान...
-
२०७६ जेठ १०, शुक्रबार
अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ । बिहीबार राति प्रान्तीय राजधानी कान्दाहार शहरको छिमेकमा पर्ने हिनो मिना क्षेत्रमा सो कारबम विस्फोट भएको थियो । यस बम विस्फोटमा परी छ बालबालिका र चार महिला घाइते भएका छन् । कैयौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । यस कारबम विस्फोटको...


