-
२०७६ जेठ ९, बिहिबार
पौडी खेल्दा डुबेर मृत्यु
साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए । बिदा मनाउन घर आएका ढकाल साथीसँग तादीखोलामा पौडी खेल्न गएकामा खोलामा डुबेर ज्यान गएकोे प्रहरी उपरीक्षक पल्लिमगरले...
-
२०७६ जेठ ९, बिहिबार
बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी
कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी रु ५० लाख आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चारवटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने गर्दछ ।वर्षेनी एक हजार क्विन्टलदेखि एक हजार ५०० क्विन्टलसम्म उत्पादन हुने...
-
२०७६ जेठ ९, बिहिबार
अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी
देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् । सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पु¥याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय बैंकले...
-
२०७६ जेठ ९, बिहिबार
एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित
नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताउनुभयो । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उहाँको भनाइ थियो...
-
२०७६ जेठ ९, बिहिबार
हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए
अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा अन्य पाँच आतङ्ककारी घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । प्रायः अशान्त भईरहने मिलिखिलो क्षेत्रमा भएको यस कारबाहीमा परी पाँच तालिबान लडाकूको दुर्घटना स्थलमा नै मृत्यु भएको छ...
-
२०७६ जेठ ९, बिहिबार
हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै
पर्यटकीय मौसमको बहानमा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक बोक्न थालेपछि संस्थानले स्थलमार्ग हुँदै स्थानीय तहसम्म पु¬¥याउन सहकारी संस्था परिचालनको विकल्प अघि सारेको हो ।...
-
२०७६ जेठ ९, बिहिबार
स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “...
-
२०७६ जेठ ८, बुधबार
‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’
सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...
-
२०७६ जेठ ८, बुधबार
केदारनाथको मन्दिर उद्घाटन
भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको हो । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले...
-
२०७६ जेठ ८, बुधबार
सात ग्राम ब्राउनसुगरसहित एक पक्राउ
दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो । नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका...
-
२०७६ जेठ ८, बुधबार
४१औँ दिनमा सगरमाथा आरोहण
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गर्नुभएको छ । विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गर्नुभएको हो । आइल्याण्ड हिमाल चढिसक्नुभएका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण...
-
२०७६ जेठ ८, बुधबार
दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने
तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी...


