STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ९, बिहिबार

    लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ ः वरिष्ठ नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको...

  • २०७६ जेठ ९, बिहिबार

    टिपरको ठक्करबाट मृत्यु

    मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य...

  • २०७६ जेठ ९, बिहिबार

    तालपोखरामा डुङ्गा बन्द

    एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले...

  • २०७६ जेठ ९, बिहिबार

    आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

    सशस्त्र प्रहरी बल एपीएफ ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो । उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९...

  • २०७६ जेठ ९, बिहिबार

    कैदीबन्दी महिलाले उत्पादन गरेको झोला खरीद

    झापा जिल्ला कारागारका महिला कैदीबन्दीलाई एबिसी नेपालले आत्मनिर्भर बनाउन ‘सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने नारा सहित सञ्चालन गरेको तीन महीने झोला सिलाइबुनाइ तालीम समापनका अबसरमा सहभागीहरूले झोला खरिद गरेका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्र प्रहरी गण चन्द्रगढीका प्रहरी उपरीक्षक रेशमकुमार थम्सु, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य सङ्घका...

  • २०७६ जेठ ९, बिहिबार

    नागरिकता विधेयकविरुद्ध तीन दल

    राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको...

  • २०७६ जेठ ९, बिहिबार

    संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँ ः उद्योगमन्त्री

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही...

  • २०७६ जेठ ९, बिहिबार

    प्रम ओलीबाट भारतीय समकक्षीलाई बधाई

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गर्नुभएकामा  बधाई दिनुभएको छ । उहाँले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिनुभएको हो । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ ।  कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय...

  • २०७६ जेठ ९, बिहिबार

    चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण

    ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो ।  नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताउनुभयो । बाँकी घरले पनि...

  • २०७६ जेठ ९, बिहिबार

    विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ ९हिसान० ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको...

  • २०७६ जेठ ९, बिहिबार

    इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

    गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।  राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।  गत मङ्गलबार इन्डोनेसियामा...

  • २०७६ जेठ ९, बिहिबार

    बेमौसममा भारतीय पर्यटकको भर

    तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय...

Pages